+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो अर्चले नकआउट फुटबल प्रतियोगितामा द मालिका विजयी

archale youth club football competition winner 2077
डबली खबर
५ साल अगाडी

बेलकोटगढी, नुवाकोट – महामारी कोरोनाभाईरसको कारण स्थगित भएको सेभेन-ए साईड तेस्रो अर्चले नकआउट फुटबल प्रतियोगिताको फाइनलमा आयोजक रहेको संस्था कञ्चना देउराली युवा क्लबलाई ०-१ ले हराउदै द मालिका प्रथम भएको छ । विजयी हुदै द मालिकाले उपाधी हात पारेको छ ।

करिब सात महिनापछि भएको अण्डर-१४ बर्षको फुटबल प्रतियोगिताको फाइनल मङ्गलबार सम्पन्न गरिएको क्लबका कार्यबाहक अध्यक्ष सन्तराम मोक्तानले जानकारी दिए।

प्रतियोगितामा कुल सात टिमले सहभागिता लिएको अर्का आयोजक संस्था लियो क्लब अफ नुवाकोट परोपकारका अध्यक्ष प्रकाश रिजालले जानकारी दिए। गत वर्षको फाल्गुण १४-२६ गतेसम्म तय भएको प्रतियोगिता कोरोनाकारण करिब सात महिनापछि सबै सरोकारवालाहरुको राय बमोजिम सुरक्षित तवरले सम्पन्न गरिएको जानकारी दिए ।

विजेता र उपविजेता टिमलाई समाराेहका प्रमुख अतिथि अम्बिका तामाङले मेडल, शील्ड र प्रमाणपत्र वितरण गरेकी थिईन्।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ