२०७८, १० आश्विन आईतवार

कीर्तिमानी खेलाडी संगिना वैद्य प्रबल जनसेवा श्री (चतुर्थ) मानपदवीबाट विभूषित

डबली खबर     आश्विन ३ २०७७ १८:१६

sangina baidya nuwakot taekwondo player
tribhuwan trishuli secondary school admission open
bidur tax

काठमाडौं – सरकारले संविधान दिवसको अवसरमा ओलम्पियन तथा एसियन च्याम्पियन खेलाडी संगिना वैद्यलाई प्रबल जनसेवा श्री (चतुर्थ) मानपदवीबाट विभूषित गरिएको छ ।

नेपालको खेलकुद इतिहासमा नेपाललाई पहिलो एसियाली पदक दिलाउन सफल तथा ओलम्पिकमा छनोट चरण पार गरेर ओलम्पिक खेल्न सफल पहिलो नेपाली खेलाडिका साथै खेल क्षेत्रमा रहेर लामो समय देखी देशलाई योगदान दिदै नेपाललाई विश्वमा चिनाउन सफल भएकाेमा विभूषित गर्न लागिएको हाे ।

यस वर्ष सर्वाेच्च मानपदवी ‘नेपाल रत्न’ भने कसैलाइ प्रदान नगरिएकाे छ । जनसेवा, राष्ट्रको गौरव बढाउने कार्य, उन्नति र कीर्तिमानी काम गरेर  महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरूलाई सरकारले विभूषण प्रदान गर्दै आएको छ ।

सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ५ सय ९४ जनालाई विभिन्न मान पदवी, अलंकार र पदकबाट विभूषित गरिने घोषणा गरेको छ ।

यस वर्षको सबैभन्दा ठूलो मानपदवी ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)’ डाक्टर सन्दुक रुइतलाई प्रदान गरिनेछ ।

त्यस्तै ‘प्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय)’ बाट हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अवकाशप्राप्त प्रमुख आयुक्त नवीन घिमिरेसहित सर्वोच्च अदालतका न्यायाधीश दीपकुमार कार्की, प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई दिइने घोषणा गरिएको छ ।

यसैगरी ‘सुकीर्तिमय राष्ट्रदीप (तृतीय)’ बाट अख्तियारका आयुक्त गणेशराज जोशी, वनस्पतिविज्ञ डाक्टर तीर्थबहादुर श्रेष्ठ, पर्यटन सचिव केदारबहादुर अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी र सशस्त्र प्रहरीका एआईजीद्वय पुष्पराम केसी र रामशरण पौडेल तथा वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई प्रदान गरिने सूचना सार्वजनिक गरिएको छ ।

सुप्रबल जनसेवा श्री (तृतीय) बाट ८७ जना, कीर्तिमय राष्ट्रदीप (चतुर्थ) बाट २ सय ४२ जना, जनसेवाश्री (पञ्चम) बाट १ सय ४, राष्ट्रयशोवर्द्धक २, नेपाल सेवा प्रवीण १, समाज सेवा रत्न ११, परम पौरख भाष्कर १२, नेपाल प्रताप सुभूषण २४, अतिपौरख भाष्कर २०, नेपाल प्रताप आभूषण १४, महापौरख भाष्कर १२, नेपाल प्रताप भूषण १८, राष्ट्रसेवा पदक २, सुकीर्ति पदक १२ र प्राकृतिक प्रकोप पीडितोद्वार १३ जनालाई प्रदान गरिने भएको छ ।

विभूषित सबैलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ वर्ष २०७८ वैशाख १ गते तक्मा प्रदान गर्नेछिन् ।

प्रकाशित: आश्विन ३ २०७७ १८:१६

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top