२०८१, १२ बैशाख बुधबार

प्रियाना “मुन्नी” अभिनित “आँखामा आशु” को म्युजिक भिडिओ सार्वजनिक

डबली खबर     श्रावण २९ २०७७ १८:२४

Aankhama Aanshu Screen Shoot-min
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

अमेरिकामा रहेर निरन्तर गीत संगीत र कृषि कर्म गरेर अघि बढिरहेका गीतकार राजेश अर्यालले ‘आँखामा आँशु’  बोलको म्युजिक भिडिओ सार्वजनिक गरेका छन्। 

यस गीतमा स्वर मेलिना राईको रहेको छ भने शब्द प्रदिप सुवेदीको रहेको छ।  यस गीतलाई  पुरुषोत्तम न्यौपानेले संगीतवद्द  गरेका हुन् भने रिकेश गुरुङले  संगीत संयोजन गरेका हुन्।  

म्युजिक भिडिओमा प्रियाना आचार्य र कमल सिंहको अभिनय देख्न सकिन्छ।   बुद्ध थापाले छायांकन गरेको यस भिडिओलाई बिकाश धमलाले सम्पादन गरेका हुन्।  चर्चित भिडिओ निर्देशक निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।  

अमेरिकाको सबैभन्दा ठुलो नेपाली फार्म ब्रूक मेडो फार्मको लगानीमा भिडिओ  निर्माण भएको हो। गीतकार अर्यालको अफिसिएल च्यानल “राजेश अर्याल” मार्फत भिडिओ सार्वजनिक गरिएको हो।  यस गीतलाई माया गरेर प्रतिक्रिया दिन गीतकार अर्यालले  सम्पूर्ण नेपाली गीत संगीत प्रेमीलाई आग्रह गरेका छन्।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top