+
Search

ताजा अपडेट +

पपुलर +

कोरोनाभाइरसबाट थप दुईको मृत्यु, संक्रमित संख्या १५ सय ६७ जना पुग्यो

coronavirus covid 19 tws trishuliweb nepal
डबली खबर
५ साल अगाडी

काठमाडौं – अहिलेसम्म नेपालमा कोरोनाभाइरसबाट आठ जनाले ज्यान गुमाएका छन् । २ सय २० जनाले कोरोनालाई जितेर अस्पतालबाट घर फर्किएका छन् भने १५ सय ६७ जना संक्रमितको संख्या पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार शनिबार राति दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना पोजेटिभ देखिएको थियो भने आइतबार बिहान बाजुरा जिल्ला अस्पतालमा ज्यान गुमाएकी दुई वर्षकी बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको हो।

नेपालमा पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ६६ कोरोनाभाइरसका संक्रमित थपिएका छन्। 

कोरोना संक्रमित हुनेहरु तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, कालिकोटमा १८, दैलेखमा १८, बाजुरामा ३, सल्यानमा २५, सुर्खेतमा १, कपिलवस्तुमा ५, बाँकेमा ८, सप्तरीमा १२, कैलालीमा ३, झापामा ४, मोरङमा १, धनुषामा २१, रौतहटमा २९, सर्लाहीमा १० जना थपिएका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ