२०८१, १६ बैशाख आईतवार

१३औं सागमा अस्मिताले पाईन रजत पदक

    मंसिर २१ २०७६ २२:१६

13sag nepal nuwakot players seven medal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – १३औं साग भारोत्तोलनअन्तर्गत नुवाकोट विदुर नगरपालिका वडा नम्बर २ विदुरकी अस्मिता राईले (८७ प्लस) तौल समूहमा रजत पदक जितेकी छिन् ।

पोखरामा शनिबार भएको प्रतियोगितामा अस्मिताले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ६५ गरी कुल १२५ तौल भार बहन गर्दै रजत दिलाउन सफल भएकी हुन् । सो खेलमा पाकिस्तानकी फेरोज परविनले स्न्याचमा ५५ र क्लीन एण्ड जर्कमा ६० गरी कुल ११५ तौल उठाउँदै कास्यमा सीमित भइन् ।

यसअघि नुवाकोट पन्चकन्या गाउँपालिका-४ थप्रेकका अनु अधिकारीले कराँते र विदुर नगरपालिका- १० की लक्ष्मी मगरले साइक्लिङ स्वर्ण पदक प्राप्त गरेका थिए । त्यस्तै, विदुर नपा-१३ आमथाङका कृष्णबहादुर तामाङले तेक्वान्दो र सुर्यगढ़ीका मिना ग्लानले उसुमा रजत पदक हात पारेका थिए। त्यस्तै, विदुर नपा-१ त्रिशुलीका रेजिन रिमालले तेक्वान्दो र बेलकोटगढि नगरपालिका-९ का राजिव पुडासैनीले कराँतेमा कास्य पदक प्राप्त गरेका थिए ।

जारी संस्करणमा नेपालले तेस्रो दिनमा ४३ स्वर्ण, ३३ रजत र ६२ कास्य पुगेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top