२०८१, १३ बैशाख बिहीबार

खुल्ला स्नुकर प्रतियोगिता हुने

    भाद्र ३१ २०७६ १५:१४

dashain snooker tournament 2076
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / नेपालीहरुको महान् चाड बडादशैंको अवसर पारेर खुल्ला स्नुकर प्रतियोगिता आगामी आश्विन १८ हुने भएको छ ।

विदुर नगरपालिका-२ विदुरमा रहेको वेलकम पुल हाउसको आयोजनामा शुभकामना आदानप्रदान तथा मैत्रीपूर्ण खेल हुन लागेको हो ।

प्रतियोगिताका विजयीले दशैँ खसी १, द्वितीयले रातो कुखुराको भाले ४ वटा र तृतीयले नगद रु ५ हजार (नयाँ नोट रु५० को १०० वटा) प्राप्त गर्ने आयोजक मदन श्रेष्ठले जानकारी दिएको छ ।

सहभागिताको लागि खेलाडी तथा समुहले आगामी आश्विन १२ गतेको बेलुका ७ बजेसम्म नाम दर्ता गराउनु पर्नेछ भने दर्ता शुल्क रु १ हजार लाग्नेछ ।

प्रतियोगिताको थप जानकारीको लागि मदन श्रेष्ठ ९८४१-७६२०९९ र यमबहादुर पण्डित ९८४१-७७५४२१ लाई सम्पर्क गर्न सकिनेछ ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top