२०८१, २३ बैशाख आईतवार

छैठौं राष्ट्रिय साम्बो च्याम्पियनशीपको उपाधि काठमाण्डौलाई

    असार ८ २०७६ १०:१४

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं / नेपाल साम्बो फेडरेसनले आयोजना गरेको छैठौं राष्ट्रिय साम्बो च्याम्पियनशीपमा काठमाण्डौको गाेंगबु डोजो टिम च्याम्पियन भएको छ ।

शनिवार काठमाण्डौको नयाँ बजारमा भएको प्रतियोगितामा काठमाडौको गाेंगबु डोजोले उपाधि उचालेको हाे । त्यस्तै प्रतियोगितामा चितवन दोस्रो हुँदा नुवाकोटले तेस्रो स्थान हात पारेको हो । प्रतियोगिताको पुरुषतर्फको २० केजी समुहमा प्रिन्स श्रेष्ठ प्रथम भए भने समिर थापा दोस्रो र स्वर्णिम तेस्रो भए । त्यस्तै २५ केजी समुहमा सागरभर्व मर्हजन पहिलो हुँदा पारस थापामगर दोस्रो भए । त्यस्तै ३० केजी समुहतर्फ पुजन बुढामगरले पहिलो स्थान हात पार्दा सिजल घरति मगरले दोस्रो र आयुष वोगटी तेस्रो भएकाे पाल साम्बो फेडरेसनका महासचिव उत्तम श्रेष्ठले जानकारी दिए ।

त्यस्तै ३५ केजी समुहतर्फ प्रमोद श्रेष्ठ पहिलो हुँदा पवन सुनार दोस्रो र रोशन श्रेष्ठ तेस्रो भए । यस्तै ४५ केजी समुहमा संगीत शाह प्रथम,अभिषेक पराजुली दोस्रो र नविन घरति मगरले तेस्रो स्थान हात पारे । त्यस्तै ५५ केजी समुहमा निरज भण्डारीले प्रथम स्थान हात पार्दा विजय सुनार दोस्रो र समिन मल्ल तेस्रो भए । यस्तै ६५ केजी समुहमा महेश्वर मर्हजन पहिलो र अतित शर्माले दोस्रो स्थान हात पारे । त्यस्तै ७० केजीतर्फ कृष्णलाल तामाङ पहिलो, अभिम कायत दोस्रो र रविनस तामाङ तेस्रो भए । महिलातर्फ खुल्ला तौल समुहमा निशा घर्तिमगर पहिलो हुँदा रचना लामा दोस्रो भए भने पुरुष खुल्लातर्फ सिरिष श्रेष्ठ पहिलो, सुदन लामा दोस्रो, सुदिप थापा तेश्रो भए । प्रतियोगितामा महिलातर्फ खेलाडी गाेगबु क्लबका निसा छन्त्याल र पुरुषतर्फ नुवाकोटका कृष्णलाल तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।

यसअघि प्रतियोगिताको उद्घाटन नेपाल ओलम्पिक कमिटिका पुर्व अध्यक्ष एबम पुव अाईजिबि धुव्रवहादुर प्रधानले गरेका थिए ।

ओलम्पिक डे २०१९ को अवसरमा प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाई छ । नेपाली साम्बोलाई जिल्लागत रुपमा पुरयाउन मद्दत पुग्ने भएकोले प्रतियोगिता आयोजना गरेको महासचिव उत्तम श्रेष्ठले बताउनुभयो ।

साम्बो खेलाडीलाई राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीको रुपमा स्थापित गराउने , क्षमता अभिवृद्धि गर्न र नवप्रतिभावान खेलाडीलाई अवसर दिन प्रतियोगिताको आयोजना गरिएको नेपाल साम्बो फेडरेसनले जनाएको छ ।

खेलमा साम्बो महिला र पुरुष गरी १४ तौल समुहको प्रतिस्पर्धामा १ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top