२०८१, १२ बैशाख बुधबार

ओलम्पियन संगिना र दीपक सम्मानित

    असार ७ २०७६ ०८:३८

sangina baidhya
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाण्डौ / तेक्वान्दोका ओलम्पियन संगीना बैद्य र दिपक बिष्ट सम्मानित भएका छन् ।

नेपाल तेक्वान्दो संघ प्रदेश ३ ले संगीना र दिपकलाई ताम्रपत्रसहित गृहमन्त्री राम बहादुर थापा बादलले सम्मानित गरेका छन् । संघले तेक्वान्दो खेलको विकासमा योगदान दिएको भन्दै पहिलो संस्करणको राष्ट्रिय ग्योरीगी तथा पुम्से तेक्वान्दो च्याम्पियनसिपको अवसरमा सम्मान गरेको हो ।

कार्यक्रममा खेलका खेलकर्मी तथा व्यक्तित्वहरु सम्मान गरेका छन् । सम्मानित हुनेमा संगीना र दीपकसँगै रेफ्री नविन कुमार श्रेष्ठ, तालिम तथा प्रशिक्षण विभागका प्रमुख प्रशिक्षक अर्जुन विक, अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिब इन्द्रमान तुलाधर, वरिष्ठ तेक्वान्दो प्रशिक्षक ईश्वरमान बज्राचार्य रहेका छन् ।

यस्तै एसियाली तथा दक्षिण एसियाली पदक विजेता मनिता शाही, आयषा शाक्य, कोशिष खड्का, अशोक कुमार लामा र वरिष्ठ खेल पत्रकार श्याम चित्रकार रहेका छन् ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top