+
Search

ताजा अपडेट +

पपुलर +

नगरपालिकास्तरीय महिला फूटबलमा विदुर नगरपालिका विजयी

डबली खबर
६ साल अगाडी

पनौती / अखिल नेपाल फूटबल सघंद्वारा आयोजित प्रथम उपमेयर कप अन्तर नगरपालिकास्तरीय महिला फूटबल प्रतियोगितामा विदुर नगरपालिका विजयी भएका छन् ।

विदुरनपाले पनौती नगरपालिका काभ्रेलाई ६–० फरक गोलको अन्तरले विजयी भएका हुन् । खेलमा विदुरनपाका अनु लामाले ह्याट्रिकसहित थप १ गोल, रञ्जिता राई र रञ्जना दर्जिले १/१ गोल गरेका थिए ।

सशस्त्र प्रहरी बलको हलचोकमा जारी प्रतियोगितामा नुवाकोटले  आगामी असार ७ गते धनगढी र ९ गते विराटनगर महानगरपालिकासँग खेल्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ