२०८१, २२ बैशाख शनिबार

ओलम्पिक डे: छैठौं राष्ट्रिय साम्बो च्याम्पियनशीप हुँदै

    असार ६ २०७६ ०५:४७

national sambo champipnship 2019
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाण्डौ / नेपाल साम्बो फेडरेसनले छैठौं राष्ट्रिय साम्बो च्याम्पियनशीप असार ७ मा आयोजना गर्ने भएको छ । साम्बो प्रतियोगिता बहुउद्देश्यीय मार्सल आर्ट्स हल खुशीबु, नयाँ बजारमा हुनेछ ।

ओलम्पिक डे २०१९ को अवसरमा हुन लागेको प्रतियोगितामा सातै प्रदेशका खेलाडीले भाग लिने र नेपाली साम्बोलाई जिल्लागत रुपमा पु-याउन मद्दत पुग्ने नेपाल साम्बो फेडरेसनका महासचिव उत्तम श्रेष्ठले बताउनुभयो ।

साम्बो खेलाडीलाई राष्ट्रिय/अन्तराष्ट्रिय खेलाडीको रुपमा स्थापित गराउने उद्देश्यका साथ तथा खेलाडीको क्षमता अभिवृद्धि गर्न र नवप्रतिभावान खेलाडीलाई अवसरको मिल्नेछ ।

खेलमा स्पोर्ट्स साम्बो महिला/पुरुष गरी १६ तौल समुहको प्रतिस्पर्धामा १ सय खेलाडी सहभागिता रहनेछ । प्रतियोगिताको अनुमानित बजेट ४ लाख ५० हजार रुपैया रहेको फेडेरेसनले जानकारी दिए । प्रतियोगितमा विजयी खेलाडिहरुलाई मेडल, प्रमाण पत्र तथा उत्कृष्ट पुरुष/महिला खेलाडीलाई ट्रफी प्रदान गरिनेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top