२०८१, १२ बैशाख बुधबार

बुधवारदेखि मेयरकप सुरु हुँदै

    बैशाख १७ २०७६ २१:४६

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / विदुर नगर मेयर कप राष्ट्रिय आमन्त्रण फुटवल प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको छ ।

बिदुर नगरपालिकामा भोली (बुधबार) देखि सुरु हुने अन्तरनगरपालिका फुटबल प्रतियोगिताको उद्घाटन खेल बेलकोटगढी नगरपालिका र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका सिन्धुपाल्चोकवीच हुने आयोजकले जनाएको छ ।

विदुर नगरपालिकाको बट्टारस्थित आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा हुने प्रतियोगितामा विभिन्न जिल्लाका ८ वटा टिमको सहभागिता हुने विदुर नगरपालिकाले जनाएको छ । बुधवार पत्रकार सम्मेलनमा १८ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताले ८ समुहको सहभागिता रहने जनाएको छ । कार्यक्रममा बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले निकट भबिष्यमा खेल क्षेत्रको प्रर्बद्धन र खेलाडीहरुको मनोबललाई सदैब उच्च राख्न प्रतियोगिताको भूमिका महत्बपूर्ण रहने बताएका छन् ।

प्रतियोगिताको अवलोकन गर्न दर्शकहरुको लागि पहिलो दिन निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने अन्य दिनहरुको लागि २५ रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको जिल्ला खेलकुद विकास समिति नुवाकोटले जनाएको छ ।

बिदुर नगरपालिकाकै आयोजनामा उपमेयर कप महिला भलिबल प्रतियोगिता सञ्चालनको तयारी भइरहेको नगरपालिकाले जनाएको छ । बिदुर नगरमेयर कप फुटबल प्रतियोगिता र उपमेयर कप महिला भलिबल प्रतियोगिताको लागि २० लाख रुपैया रकम बिनियोजन छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top