+
Search

ताजा अपडेट +

पपुलर +

प्रथम फुटसल कपमा नुमव्य “ए” विजयी

first nuwakot futsal cup winner
डबली खबर
७ साल अगाडी

विदुर / प्रथम नुवाकोट फुटसल कपमा आयोजक समुहका नुवाकोट मदिरा व्यवसायी “ए” विजयी भएका छन् ।

शनिबार भएको फाइनल खेलमा नुवाकोट मदिरा व्यवसायी “ए” विरुद्ध कोलनी युथ क्लब बिच भएको खेलमा ४-३ ले आयोजक समुहका नुमव्य “ए” विजय भए । खेलमा नुवाकोट मदिरा व्यवसायी “ए” का रामबहादुर ठाकुर म्यान अफ द म्याच भए । नुमव्य “ए” तर्फ सन्तोष थापा र मोहन गुरुङले २/२ गोल गरेर टिमलाई विजयी गरेका हुन् । त्यस्तै, कोलनीतर्फ  विकास थापामगरले २ र धन तामाङले १ गोल गरेका थिए । प्रतियोगितामा विजयीले रु ५० हजार, द्वितीयले रु३० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र विदुर नगरपालिकाका प्रमुख सञ्जु पडिण्तले प्रदान गरेका छन् ।

man of the match of 1st nuwakot futsal cup1st runner of first nuwakot futsal cup competition

गौरीबेंशी युथ ग्रुप र इनारपाटी युथ क्लब बिच भएको सेमीफाइनलमा खेलमा ६-५ को स्कोर गर्दै गौरीबेंशीले तृतीय स्थान प्राप्त गरे । गौरीबेंशीतर्फ सन्तोष भुजेलले १, अमृत तामाङले २ र रुपेश प्याकुरेलले ३ गोल स्कोर गरेका थिए । त्यस्तै, इनारपाटीतर्फ प्रदिप हमाल र सुशान्त खतिवडाले २/२ र धिरज सापकोटाले १ गोल गरेका थिए । तृतीयले रु१० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

2nd runner of first nuwakot futsal 2075

“स्वास्थ नै मूल धन हो” भन्ने मूल नाराका साथ आयोजना भएको प्रतियोगितामा समुह “ए” तर्फ त्रिशुली युथ क्लब, बैंकर ग्रुप, गौरीबेंशी युथ ग्रुप, कोलनी युथ ग्रुप र गोसाइँकुण्ड युथ ग्रुप र समुह “बि” मा विदुर युथ क्बल, नुवाकोट फुटसल, मदिरा व्यवसायी “ए”, मदिरा व्यवसायी “बि” र इनारपाटी युथ क्लब गरी १० समुहले सहभागिता जनाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ