+
Search

ताजा अपडेट +

पपुलर +

प्रथम मेयरकप फुटबल हुने

nuwakot goldcup football
डबली खबर
७ साल अगाडी

विदुर / विदुर नगरपालिकाको आयोजनामा प्रथम मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ ।

आगामी बैशाख २ गतेबाट नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा प्रथम मेयरकप फुटवल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा विजयी टिमले ३ लाख नगद र उपविजेताले १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्ने जिल्ला खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष बुद्धि प्रधानले बताए ।

प्रतियोगिता जिल्ला खेलकुद बिकास समिति, र नुवाकोट जिल्ला फुटवल संघको संयोजनमा हुनेछ ।

प्रतियोगितामा देशका १० भन्दा बढी नगरपालिकामा रहेका फुटवल टिमको सहभागिता रहने छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ