विदुर / विदुर नगरपालिकाको आयोजनामा प्रथम मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ ।
आगामी बैशाख २ गतेबाट नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा प्रथम मेयरकप फुटवल प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा विजयी टिमले ३ लाख नगद र उपविजेताले १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्ने जिल्ला खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष बुद्धि प्रधानले बताए ।
प्रतियोगिता जिल्ला खेलकुद बिकास समिति, र नुवाकोट जिल्ला फुटवल संघको संयोजनमा हुनेछ ।
प्रतियोगितामा देशका १० भन्दा बढी नगरपालिकामा रहेका फुटवल टिमको सहभागिता रहने छ ।
प्रतिक्रिया