२०८१, १८ बैशाख मंगलवार

स्वर्णपदक विजेता नुवाकोटका दुई खेलाडीलाई स्वागत तथा सम्मान

    चैत्र ८ २०७५ ०८:४१

taekwondo player rohini chhetri nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट/ बंगलादेशको राजधानी ढाकामा सम्पन्न वेस्टर्न सेकेण्ड इन्टरनेशनल कराँते च्याम्पियनशीपमा स्वर्णपदक विजेता नुवाकोटका दुई खेलाडी विहिबार नुवाकोट आइपुगेका हुन् । विजेता खेलाडी रोहिणी पण्डित र यजुक थिङलाई जिल्ला आइपुग्नुसाथ परिवार तथा समुदायले स्वागत तथा सम्मान गरेका छन् ।

बंगलादेशको ढाकामा भएको खेलमा ५० केजी तर्फको प्रतिस्पर्धामा बंगलादेशी प्रतिस्पर्धीलाई पराजित गर्दै रोहिणी पण्डित र ५५ केजी तर्फको प्रतिस्पर्धामा पनि बंगलादेशी प्रतिस्पर्धीलाई नै हराउँदै यजुक थिङले स्वर्ण पदक हात पार्न सफल भएको थियो । विजेता खेलाडीहरुलाई जिल्ला भर रहेका सबै डोजोका खेलाडीहरुको सहभागिताम औपचारीक कार्यक्रमको आयोजन गरी सम्माण गर्ने तयारी भइरहेको नुवाकोट सितेरियो कराँते संघका प्रमुख प्रशिक्षक उत्तम राईले जानकारी दिनु भएको छ ।

रोहिणी पण्डित बिदुर नगरपालिका वडा नम्बर २ बिदुरमा बस्दै आएको छ । ९ वर्षको उमेर देखि सितेरियो कराँते खेल्दै आएका उनले देशको विभिन्न स्थानमा भएको प्रतियोगिताहरुबाट दर्जानौ स्वर्णपदक हात पार्न सफल भएको प्रमुख प्रशिक्षक राईले जानकारी दिनु भएको छ ।

त्यस्तै यजुक थिङ बेलकोटगढी नगरपालिका वडा नंवर ७ रातमाटेका स्थायी बासिन्दा हुन् । विगत ४ वर्ष अगि मात्र सितेरियो कराँते खेल्न सुरु गरेका उनले छोटो समयमा नै आन्तराष्ट्रियस्तरमा स्वर्णपदक हात पार्न सफल भएको राईले जानकारी दिनु भएको छ ।

Image may contain: 1 person, standing and outdoor

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top