२०८१, १८ बैशाख मंगलवार

चार जिल्ला सेमिफाइलनमा

    फाल्गुन २६ २०७५ २०:१३

kathmandu football team
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट / आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ३ नं. प्रदेश स्तरीय फुटबल प्रतियोगितामा घरेलु समूह नुवाकोट, ललितपुर, काठमाण्डौ र मकवानपुरले सेमिफाइनल चरणमा प्रवेश गरेका छन् ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा जारी प्रतियोगिताको आइतबार नकआउट चारणका खेलहरु सम्पन्न भएका छन् । पहिलो खेलमा ललितपुरले कुशल श्रेष्ठको निर्णायक गोलमा भक्तपुरलाई शुन्यका विरुद्ध एक गोलले पराजित गरेर सेमिफाइनल यात्रा तय गरेको हो । दोश्रो खेलमा मकवानपुरले चितवनलाई शुन्यका विरुद्ध तीन गोलले पराजित गरेको छ । मकवानपुरलाई विजयी गराउन इरोज थापामगर, रवी भण्डारी र ऋषिराम मोक्तानले १/१ गोल गरेका थिए ।

घरेलु समूह नुवाकोट र सिन्धुलीबिचको तेश्रो खेलमा नुवाकोटले घरेलु मैदानका फाइदा उठाउंदै शुन्यका विरुद्ध तीन गोलले पराजित गरेर आफ्नो सेमिफाइनल यात्रा तय गरेको छ । खेलमा नुवाकोटका लागि सन्तोष थापा, रामकजी कुमाल र विकास थापाले १/१ गोल गरेका थिए ।

प्रतियोगितामा नुवाकोट, काठमाण्डौ, काभ्रे, सिन्धुपाल्चोक, चितवन, दोलखा, मकवानपुर, रामेछाप, ललितपुर, भक्तपुर, धादिङ र सिन्धुलीका खेलाडीहरु सहभागी छन् ।

प्रतियोगिताको फाइनल खेल यहि फागुन २८ गते मंगलवार हुनेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top