२०८१, १२ बैशाख बुधबार

पार्टी जन्मिनुभन्दा पहिला गुट जन्मियो: गुरु बुर्लाकोटी

    कार्तिक १६ २०७५ १२:४२

guru burlakoti dhading
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

-पूर्वसांसद एवम् नेकपा नेता, धादिङ

  • मेरो नाम जिल्ला कमिटीमा आए पनि मान्दिनँ ।
  • अहिले नेकपा पार्टी हात्तीजत्रो भएको छ । यत्रो पार्टी खरायोझैँ उफ्रिएर हिँड्यो भने खाल्डामा पर्छ ।
  • पार्टी जन्मिनुभन्दा पहिला गुट जन्मियो, अब त्यसले पार्टीको रूप कसरी ग्रहण गर्छ ?
  • कम्युनिस्ट पार्टीमा माथिबाट लादिने प्रवृत्ति राम्रो होइन ।

नेकपाको धादिङका गुरु बुर्लाकोटी खरो स्वभावका नेता हुन् । आफ्ना कुरा प्रस्ट राख्ने विचारवान नेता बुर्लाकोटी तत्कालीन नेकपा मालेबाट राजनीतिमा होमिएका हुन् । ०३६ सालमा धादिङको आरुघाट स्कुलमा भएको स्ववियु निर्वाचनमा अखिललाई मतदान गरेका बुर्लाकोटी ०३६ सालमा पार्टीमा सङ्गठित भएका हुन् । नेपाल कम्युनिस्ट पार्टी धादिङको संस्थापकमध्येका बुर्लाकोटी मावि शिक्षकसमेत थिए । ०४२ सालमा तत्कालीन शासकले राजनीतिमा लागेको भन्दै उनको स्थायी जागिर खोसिदिएपछि बुर्लाकोटी पार्टीकाममै अनवरत रूपले होमिए । हालको ज्वालामुखी गाउँपालिका– ६ मा जन्मिएका बुर्लाकोटी ०४८ र ०५१ मा धादिङ क्षेत्र नंं. १ बाट निर्वाचनमा उम्मेदवार भए । पछि ०७० को संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नंं. २ बाट निर्वाचित बुर्लाकोटी अहिले पार्टी एकतापछि भूमिकाविहीन छन् । उनै बुर्लाकोटीसँग त्रिशूली प्रवाहले गरेको कुाराकानीको सारसङ्क्षेप:

तत्कालीन नेकपा एमालेबाट आजभोलि के गर्दै हुनुहुन्छ ?

हामी राजनीतिमा चुर्लुम्मै डुबिसकेका मान्छे भयौँ । अहिले नेकपा पार्टी बनेको छ । केन्द्रमा एकीकरण भएको छ, तर स्थानीय जिल्ला तहसम्म एकता हुन सकेको छैन । पार्टी एकीकरणपछि परिभाषित जिम्मेवारी आएको छैन । सांसद भइसकेपछि विकास निर्माण काममा पनि लाग्नुपर्ने भएकाले यसैमा लागिएको छ । म लामो समय पार्टीको पूर्णकालीन कार्यकर्ता भएकोले राजनीतिभन्दा बाहिर छैन । एकपटक जनप्रतिनिधि भइसकेपछि जनताको विकास निर्माणमा पनि लागिरहेकै छु ।

पार्टी एकताले गर्दा तपाईंले टिकट पनि पाउनुभएन, एकताको सिकार त तपाईं हुनुभयो नि ?

म ०३७ सालको कम्युनिस्ट पार्टीको सदस्य हुँ, तर ०७० मा आएर बल्ल संविधानसभामा प्रतिनिधित्व गर्ने अवसर पाएँ । २ वर्ष मात्र संसदु भइयो र जिल्लामा विकासका पूर्वाधार सुरु भएका थिए । पछि विभिन्न कारणले निरन्तर भएन ।

अहिले त पार्टी र संसदीय जिम्मेवारी छैन, अब तपाईंहरूले कार्यक्षेत्र जिम्मेवारी होइन त ?

अहिलेको चिन्ताको विषय यही हो । पञ्चायतीदेखि सरकारी जागिरको पर्वाह नगरी राजनीतिमा लागेर अहिले एकीकरण प्रक्रिया लम्बिएको छ । अहिले स्थानीय तह बनाएको डेढ वर्ष भयो । तिनका प्रतिनिधिलाई पार्टी नेतृत्व प्रदान शून्य छ । भोलि एकले अर्कालाई टेर्दैनन् र हिजो जिम्मेवारी लिएकालाई एकीकरण लम्बिएको अवस्थामा बाहिर रहने कुरा व्यक्तिको भन्दा पनि सिङ्गो सङ्गठनका लागि घाटा हो । अहिले पार्टी सङ्गठनलाई चलायमान बनाउँदै लैजानुपर्छ । अहिले स्थानीय सरकार बनेको डेढ वर्ष भइसक्यो, तर स्थानीय सरकारको प्रभावकारी भूमिका देखिएको छैन ।

संविधानसभा निर्वाचनमा निर्वाचित भएर सविधानमा निर्माणमा राम्रो भूमिका खेल्नुभयो, तर दोहोरिन कुन प्रक्रियाले मिलेन ?

म के कारणले दोहोरिएर उम्मेदवार बन्न पाइनँ त्यो पार्टीलाई नै सोध्नुपर्ला, जिल्लाबाट सिफारिस भएकै हो । अब टिकट वितरणलाई पार्टीले नयाँ मोडेलमा लैजानुपर्छ । टिकट कार्यकर्ताको हातमा हुनुपर्छ । पार्टी सदस्यले मतदान गरेर छानेपछि को लोकप्रिय भन्ने कार्यकर्ताको अगाडि देखिन्छ । भूगोलमा खटिने पार्टी कार्यकर्ताबीचमा भोटिङ गरेर मात्रै टिकट वितरण हुनुपर्छ भन्ने मलाई लाग्छ । कार्यकर्ता र जनतामा नभिजेको मान्छेलाई टिकट दिँदा धेरै ठाउँमा हारेका छन् ।

धादिङमा चाहिँ नयाँलाई अवसर दिएको देखियो नि ?

नयाँ साथीहरूले पाउनुभयो । अब त्यहीअनुसार पार्टीले जिम्मेवारी दिनुप¥यो । पार्टी एकीकरण ढिला भएर लामो समय जिम्मेवारी भएन, यो घाटा पार्टीको हो ।

अहिलेको पार्टी एकता प्रक्रियालाई कुन रूपमा हेर्नुभएको छ ?

अहिले एकता प्रक्रियामा समस्या छ । नेपाल कम्युनिस्ट पार्टी ठूलो भएको छ र यो चल्ने एउटा विधि हुनुपर्छ । पार्टी सञ्चालनको कार्यविधि मापदण्ड बनाएर चल्नुपर्छ । अहिले नेकपा पार्टी हात्तीजत्रो भएको छ । यत्रो पार्टी खरायोझँै उफ्रिएर हिँड्यो भने खाल्डामा पर्छ । यत्रो शक्तिशाली पार्टी चल्ने विधि बनाइनुपर्छ । जिल्ला लेवलमा कार्यदल बनाएर त्यो कार्यदललाई मनलाग्दी गर्न दिइयो । पुरानो कमिटीसँग छलफल गर्ने भनिएको छ, तर त्यो छलफल गरिएन । कमिटी एकीकरण अन्यत्रको ल्याएर गर्ने त होइन । मेरो नाम जिल्ला कमिटीमा आए पनि मान्दिनँ किनकि म जिल्ला कमिटीमा छैन । जिल्ला कमिटीभित्रैबाट एकीकरण खोज्नुपर्छ । विधि र मापदण्ड बनाएर मात्रै एकता र पार्टी चल्ने हुनुपर्छ । म हिजो पनि प्रदेश कमिटीमा थिएँ, अहिले पनि त्यतै होला । जिल्ला कमिटीबाटै एकीकरण हु्नुपर्छ । बाहिरबाट ल्याएर जिल्ला कमिटीमा हाल्ने यो मनलाग्दी प्रवृत्ति देखियो । सिङ्गो आन्दोलनमा व्यक्ति गौँड हुन्छ, हामीसँगै लाग्ने मान्छेहरू गोली लागेर मरे पनि । व्यक्तिविशेषमा म जान चाहन्नँ । कसले के पाउला–नपाउला, तर एकता र पार्टी चल्ने भनेको विधि र प्रक्रिया बनाएर चल्नुपर्छ ।

पार्टी एकतामा पनि गुटबन्दी भइरहेको छ भन्ने आइरहेको छ नि ?

पार्टी जन्मिनुभन्दा पहिला गुट जन्मियो, अब त्यसले पार्टीको रूप कसरी ग्रहण गर्छ । कार्यदलको नाममा जन्मिएको गुट त्यही हो । पहिले पार्टी जन्मनुपथ्र्यो । गुटले पार्टीले समाप्त बनाउँछ । कम्युनिस्ट पार्टी पनि एउटा लोकतान्त्रिक प्रक्रियाले चल्न सक्नुपर्छ । विश्वमा कम्युनिस्ट शासन पतन भएका उदाहरण पनि छन् नि । कम्युनिस्ट पार्टी कार्यकर्तामा आधारित पार्टी हो । त्यसैले यसमा नेताहरू जिम्मेवार हुनुपर्छ । वडा तहसम्मको एकता, मापदण्ड र विधि बनाएर छिटो टुङ्गो लाग्नुपर्छ । पुँजीवादीहरू पैसा लिएर चुनावमा जान्छन् कम्युनिस्टहरू गतिलो सङ्गठन र कार्यकर्ता लिएर जानुपर्छ । कम्युनिस्ट पार्टीमा माथिबाट लादिने प्रवृत्ति राम्रो होइन । यसमा नेताहरू जिम्मेवार होउन् । नेताहरूकै भिजनले पार्टी चल्ने हो । एकता वडा तहसम्म छिटो हुनुपर्छ, तर एकतालाई एउटा विधि बनाएर टुङ्गोमा पु-याउनुपर्छ । -त्रिशुली प्रवाह

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top