२०७९, ३ जेष्ठ मंगलवार

रसियामा साम्बोकि सब्बारानीलाई स्वर्णपदक (फोटोफिचर)

    आश्विन ३१ २०७५ ०५:३०

sabbarani maharjan wins russia sambo 70
nuwakot trishuli graphic web media service 2020

काठमाडौ / काठमाडौ गोंगबुँका नेपाली राष्ट्रिय साम्बो खेलाडि सब्बारानी महर्जनले रसियाकाे राजधानी मस्काे शहरमा भएकाे अल रसियन जुडो च्याम्पियनसिपमा स्वर्णपदक आफ्नो पोल्टामा पारेका छन्। सब्बारानी साम्बो खेलको आशालाग्दो राष्ट्रीय खेलाडी हुन् ।

सन् २०१८ को अक्टाेबर १३-१४ तारिखमा भएकाे च्याम्पियनसिपमा ५६ केजि महिला ताैल समुहमा रसियाका खेलाडिहरुलाई पराजित गर्दै स्वर्ण पदक जितेको हो । सब्बारानि २ महिनाकाे विशेष वैदेशिक प्रशिक्षणकाे सिलसिलामा मस्काे शहरस्थित साम्बो सेभेन्टी “७०” क्लबमा आबद्ध भएका थिए।

नेपाल साम्बो फेडरेसनका अध्यक्ष धनन्जय श्रेष्ठकाे विशेष पहलमा रसियामा प्रशिक्षणकाे व्यवस्था मिलाईएकाे हाे । साम्बो र जुडाे खेल प्राविधिक रूपमा लगभग उस्तै हुने भएकाेले सहभागी गराईएकाे अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

No automatic alt text available.

 

Diyo Pathshala Montessori
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top