२०७७, २१ फाल्गुन शुक्रबार
first nuwakot likhu chhahare business Expo

युजेनकाई अध्यक्षमा रामकुमार घिमिरे

डबली खबर     श्रावण ३० २०७५ २२:०९


Trishuli Web Design Services in Nuwakot
nepal-gujurio-karante-do-ujenkai

विदुर / नेपाल गोजुरियो कराते दो (युजेनकाई) संघको जिल्ला शाखा नुवाकोटको रामकुमार घिमिरेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको छ।

संघको उपाध्यक्षमा कृष्ण प्रसाद रिजाल, सचिवमा जगदिश कुईकेल, कोषाध्यक्षमा सरस्वती अधिकारी, सदस्यहरुमा नित्यराज ढुंगाना, सलिना केसी, विक्रम घले, नमराज सुवेदी र पारस अधिकारी चयन भएका छन् ।

आजै बसेको बैठकले केन्द्रीय प्रतिनिधिहरुमा रामकुमार अधिकारी र जगदीश कुईकेललाई चयन गरेको छ।

कार्यक्रममा जिल्ला खेलकुद विकास नुवाकोटका उपाध्यक्ष बासु भट्ट, होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्ष मधुसूदन थपलिया, नेपाल पत्रकार महासंघका जिल्ला शाखा कार्यालय नुवाकोटका उपाध्यक्ष रामहरि न्यौपाने लगायतको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz

प्रतिक्रिया




Top