२०८१, १४ बैशाख शुक्रबार

पोखरा लेखनाथ महानगरको नामबाट लेखनाथ हटाउने प्रस्ताब सर्वसम्मत पारित

    असार १३ २०७५ १३:०८

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

पोखरा । पोखरा लेखनाथ महानगरको नामबाट लेखनाथ हटाउने प्रस्ताब सर्वसम्मत पारित भएको छ ।

पोखरा लेखनाथ महानगरको मंगलबार सम्पन्न नगर सभाले पोखरा लेखनाथ महानगर पालिका नामबाट लेखनाथ शब्द हटाउन सिफारिस गर्ने प्रस्ताव सर्वसहमतिले पास गरेको हो । यससँगै महानगरले लेखनाथ शब्द हटाई पोखरामात्रै राख्न प्रदेश सरकारलाई सिफारिस गर्नेछ । कुनैपनि स्थानीय तहको नाम हेरफेर गर्न कार्यपालिकाको २/३ मतले पारित गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । नाम हेरफेर गर्ने स्थानीय तहको सिफारिसलाई कार्यपालिकाले पारित गरि प्रदेश सरकारलाई पठाएपछि पुनः प्रदेश सरकारको सिफारिसमा संघीय सरकारले सदर गर्नुपर्ने हुन्छ ।

सोमबार महानगरको नगर सभामा वडा नम्बर १९ का वडाअध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचेतक शोभामोहन पौडेलले पेस गरेको नाम फेर्ने प्रस्तावलाई मंगलबार  भएको छलफलlले सर्वसम्मत रुपमा  पारित गरेको हो । पौडेलले पेस गरेको  प्रस्तावलाई वडा नम्बर ९ का वडा अध्यक्ष तथा नेपाली कांग्रेसका नेता रामराज लामिछानेले समर्थन गरेका थिए । प्रस्ताव माथि मंगलबार नगर सभामा भएको छलफलमा ४० जना भन्दा बढि सदस्यले भाग लिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए । छलफलमा सहभागी अधिकांश सदस्यले कवि शिरोमणि लेखनाथ पौडेलको सम्मान गर्दै महानगरले उनको नाम अन्य क्षेत्रमा जोड्नुपर्ने धारणा राख्दै महानगरको नाम पोखरा मात्रै राख्नुपर्ने बताए । बहुमत सदस्यहरु नाम परिमार्जन गर्ने बिषयमा उभिएपछि अन्तत: सबै सदस्य सर्वसम्मत रुपमा लेखनाथ नाम हटाएर पोखरा मात्र कायम गर्न सहमत भएको अधिकृत पौडेलले बताए ।

गत फागुनमा साविकको पोखरा उपमहानगरपालिकामा लेखनाथ नगरपालिका सहित आसपासका केहि गाविसलाई गाभेर पोखरा लेखनाथ महानगरपालिका नामांकरण गरिएको थियो । महानगरको नाम लामो भएको तथा छोटकरी (पोले) नामले महानगरको मात्र नभई कवि शिरोमणि लेखनाथ पौडेलको समेत मानमर्दनमा असर परेको भन्दै व्यापक विवाद सिर्जना भएपछी लेखनाथ हटाउनका लागि प्रश्ताव गरिएको हो ।

महानगर प्रमुख मानबहादुर जिसीले आर्थिक वर्ष २०७५ / ७६ का लागी पेस गरेको ६ अर्व ५३ करोडको बजेट पारित गर्दै मंगलबार नगर सभा सम्पन्न भएको छ । -पोखरान्युज

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top