२०८१, १२ बैशाख बुधबार

जालपादेवी प्रिमियर लिगको उपाधी विदुरलाई

    असार ८ २०७५ १६:३७

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर/जालपादेवी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधी विदुर क्रिकेट क्लबले जितेको छ।

जालपादेवी प्रिमियर लिगको फाईनल खेलमा देविघाटबाल क्लब ‘ए’ लाई ८ बिकेटले पराजित गर्दै बिदुरले लगातार चौथोपटक यो उपाधी जितेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको देविघाटले निर्धारित १५ ओभरमा ९ बिकेट गुमाउँदै १०५ रन बनाएको थियो।देविघाटका तर्फबाट देव काररन्जितले २२ रन,बिशाल चित्रकारले २० रन र ठाकुर अधिकारीले १६ रन बनाए।बलिङतर्फ बिदुरका राजेश राजभण्डारीले ३ बिकेट र मौसम दाहालले २ बिकेट लिए।

१०६ रनको बिजयी लक्ष्य पछ्याएको बिदुरले मात्र ९.१ ओभर खेल्दै २ बिकेटको क्षतिमा बिजयी लक्ष्य हासिल गर्यो।बिदुरका लागि म्यान अफ दि फाईनल पवन राईले नटआउट ५५ रन,विशाल रिमालले १९ रन र राजेश रिमालले १२ रन बनाए।बलिङतर्फ देविघाट बाल क्लब ए का ठाकुर अधिकारी र विशाल चित्रकारले समान १/१ बिकेट लिए।

प्रतियोगिताको बेस्ट ब्याट्सम्यान देविघाट बाल क्लब ए का सन्जय कुमार शाह,बेस्ट बलर बिदुर क्रिकेट क्लबका दिपेन्द्र प्याकुरेल र म्यान अफ दि सिरिज बिदुर क्रिकेट क्लबकै राजेश रिमाल घोषित भए।जेठ २८ गतेबाट संचालित प्रतियोगितामा कुल १० टिमको सहभागिता थियो।प्रतियोगिताको बिजेताले नगद ८००० सहित ट्रफी,मेडल र प्रमाणपत्र हात पारे भने उपबिजेताले नगद ५००० सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारे। ककनी खबर

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top