+
Search

ताजा अपडेट +

पपुलर +

लोपोन्मुख प्रजातिका २२ जातका धानको बीउ बैंकमा संरक्षित

Paddy Dhaan Nepal
डबली खबर
७ साल अगाडी

कञ्चनपुर/एक दशकदेखि सञ्चालन हुँदै आएको कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको सामुदायिक बीउ बैंकले लोपोन्मुख अवस्थामा पुगेका स्थानीय धानका प्रजातिको खोजी गरी संरक्षण गर्दै आएको छ ।

बढी फल्ने उन्नत जातको धानखेतीतर्फ किसानको आर्कषण बढेपछि स्थानीय जातका धान हराउँदै गएका छन् । स्थानीय २२ प्रजातिका धानको बीउ अनमोल कृषि सहकारीले बैंकमा संरक्षण गरी राखेको छ । छिटो पाक्ने १५ जातका र ढिलो पाक्ने सात जातका धान बैंकले संरक्षण गरेको सहकारीका अध्यक्ष श्रीकृष्ण रानाले बताउनुभयो ।

छिटो पाक्नेमा अन्जना, सिमटारी, निमै, दुलहनीया, थापाचिनी, मुटरमुर, मजरगौला, ध्युपुरी, सेतो साटा, वगटी, काला साटा, चैनी, अन्ती, तिलकीलगायत १५ जातका धान संरक्षण गरिएका छन् ।

ढिलो पाक्नेमा श्यामजीरा, राईमुनुवा, कनकधिरा, कृष्णा, राजभोग, रतुवा र बाउन्न चिनीलगायतका धान संरक्षण गरिएका छन् । प्रत्येक वर्ष स्थानीय जातका धानखेती गरेर यहाँका सहकारीमा आबद्ध किसानले संरक्षणमा टेवा पु¥याउदै आएका छन् ।

स्थानीय जातका धानका बीउको विशेषताबारे स्थानीय कृषकलाई जानकारी दिई खेतमा लगाउनका लागि उत्प्रेरण दिँदै आएका छौँ अध्यक्ष रानाले भन्नुभयो, “कृषकले स्थानीय जातका धानको महत्व बुझेर हाल पुनः छाड्दै गएका धानको खेती गर्न थालेका छन् ।”

सहकारीमा आबद्ध किसानले एकै ठाउँमा देखिने गरी नमूनाका रुपमा घरमै तयार गरिएको मलको प्रयोग गरी डाभरसिटी ब्लकमा स्थानीय जातका धानको खेतीलाई निरन्तरता दिँदै आएका छन् । प्रति वर्ष लोपोन्मुख अवस्थामा पुगेका धानको खेती गरी धान संरक्षणमा टेवा पु¥याइँदै आएको छ ।

बीउ संरक्षणको कार्य हुँदै आएकाले लोप हुँदै गएका प्रजातिको संरक्षणमा टेवा पुगेको स्थानीय किसान आशाराम चौधरीले बताउनुभयो । यस वर्ष स्थानीय जातको धानको बीउ ५० क्विण्टल बढी उत्पादन भएको छ । बजारको दररेटभन्दा रु १० देखि १५ सस्तोमा धानका बीउ किसानलाई बिक्री हँुदै आएको छ । लोपोन्मुख प्रजातिका २२ जातका धानको बीउ बैंकमा संरक्षित

कञ्चनपुर, असार ४ – एक दशकदेखि सञ्चालन हुँदै आएको कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको सामुदायिक बीउ बैंकले लोपोन्मुख अवस्थामा पुगेका स्थानीय धानका प्रजातिको खोजी गरी संरक्षण गर्दै आएको छ ।

बढी फल्ने उन्नत जातको धानखेतीतर्फ किसानको आर्कषण बढेपछि स्थानीय जातका धान हराउँदै गएका छन् । स्थानीय २२ प्रजातिका धानको बीउ अनमोल कृषि सहकारीले बैंकमा संरक्षण गरी राखेको छ । छिटो पाक्ने १५ जातका र ढिलो पाक्ने सात जातका धान बैंकले संरक्षण गरेको सहकारीका अध्यक्ष श्रीकृष्ण रानाले बताउनुभयो ।

छिटो पाक्नेमा अन्जना, सिमटारी, निमै, दुलहनीया, थापाचिनी, मुटरमुर, मजरगौला, ध्युपुरी, सेतो साटा, वगटी, काला साटा, चैनी, अन्ती, तिलकीलगायत १५ जातका धान संरक्षण गरिएका छन् ।

ढिलो पाक्नेमा श्यामजीरा, राईमुनुवा, कनकधिरा, कृष्णा, राजभोग, रतुवा र बाउन्न चिनीलगायतका धान संरक्षण गरिएका छन् । प्रत्येक वर्ष स्थानीय जातका धानखेती गरेर यहाँका सहकारीमा आबद्ध किसानले संरक्षणमा टेवा पु¥याउदै आएका छन् ।

स्थानीय जातका धानका बीउको विशेषताबारे स्थानीय कृषकलाई जानकारी दिई खेतमा लगाउनका लागि उत्प्रेरण दिँदै आएका छौँ अध्यक्ष रानाले भन्नुभयो, “कृषकले स्थानीय जातका धानको महत्व बुझेर हाल पुनः छाड्दै गएका धानको खेती गर्न थालेका छन् ।”

सहकारीमा आबद्ध किसानले एकै ठाउँमा देखिने गरी नमूनाका रुपमा घरमै तयार गरिएको मलको प्रयोग गरी डाभरसिटी ब्लकमा स्थानीय जातका धानको खेतीलाई निरन्तरता दिँदै आएका छन् । प्रति वर्ष लोपोन्मुख अवस्थामा पुगेका धानको खेती गरी धान संरक्षणमा टेवा पु¥याइँदै आएको छ ।

बीउ संरक्षणको कार्य हुँदै आएकाले लोप हुँदै गएका प्रजातिको संरक्षणमा टेवा पुगेको स्थानीय किसान आशाराम चौधरीले बताउनुभयो । यस वर्ष स्थानीय जातको धानको बीउ ५० क्विण्टल बढी उत्पादन भएको छ । बजारको दररेटभन्दा रु १० देखि १५ सस्तोमा धानका बीउ किसानलाई बिक्री हुँदै आएको छ । -कृषिडेली

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ