२०८०, १५ मंसिर शुक्रबार
social securities awareness bidur municipality

नुवाकोट गोल्डकप: रुपन्देहीलाई हराउँदै पुलिस सेमिफाइनलमा

    जेष्ठ २२ २०७५ २०:३२

Nuwakot Goldcup Football
pratik book and stationery center in nuwakot

नुवाकोट/नुवाकोटमा जारी ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’मा नेपाल पुलिस क्लब गोर्खा ब्वाईज क्लब रुपन्देही–११ लाई हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

बट्टारस्थित खेल मैदानमा आज भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले गोर्खा ब्वाईज क्लब रुपन्देहीलाई ३–० गोल अन्तरले हराएको हो । नेपाल पुलिसलाई विजयी गराउन खेलको पहिलो हाफको ३० मिनेटमा अभिषेक रिजाल र दोस्रो हाफको ५५ र ८६ मिनेटमा सुमन लामाले दुई गोेल गर्नुभएको थियो ।

प्रतियोगितामा दुई गोल सहित उत्कृष्ट प्रदर्शन गरेका नेपाल पुलिसका खेलाडी सुमन लामा ‘म्यान अफ दी म्याच’ बन्न सफल भएका थिए । लामालाई आयोजक समितिका संयोजक बुद्धी प्रधान, एन्फा केन्द्रीय सदस्य पूर्णमान चित्रकार र नुवाकोट जिल्ला फुटबल संघका अध्यक्ष दिपक चित्रकारले साकुरा नेपाल कन्सल्टेन्सीद्वारा प्रायोजित नगद दशहजार रुपैया र ट्रफीले पुरस्कृत गरे ।

नेपाल पुलिसले अब फाइनल प्रवेशका लागि बिहीबार कास्की–११ सँग प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगिताअन्तर्गत बुधबार घरेलु टोली नुवाकोट-११ ले थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको बिजेतालाई रु पाँच लाख र उपविजेतालाई रु तीन लाख पुरस्कार रहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top