sujim bazar advert

धादिङमा व्यावसायिक रुपमा क्यानोनिङ शुरु

    जेष्ठ २१, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

मलेखु, धादिङ/दक्षिणी धादिङको थाँक्रे गाउँपालिका–६ स्थित रानीझरनामा शनिबारदेखि व्यावसायिकरुपमा छाँगाबरोहण (क्यानोनिङ) शुरु भएको छ ।

नेपाल क्यानोनिङ एशोसियशनले थाँक्रे गाउँपालिकाको सहयोगमा रानीझरना क्षेत्रको पूर्वाधारको सुधार गरी व्यावसायिक शुरुवात गरेको र पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिका लागि परेको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले बताउनुभयो ।

शनिबार रानीझरना क्षेत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा पुष्प कँडेलले झर्नावरोहणको उद्घाटन गर्दै पर्यटन विकासको सम्भावना नै सम्भावना भएकाले समृद्ध नेपालका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

पृथ्वीराजमार्गको महादेवबेँशीबाट चार किलोमिटर दक्षिणतर्फ कच्ची सडक मार्ग प्रयोग गरी सडकबाट खोलामा पाँच मिनेट खोलामा झरेपछि रानीभरना पुग्न सकिने भएकाले राजधानीबाट छोटो दूरीमै प्रकृतिको मज्जा लिन सकिने रानीबारी निवासी पत्रकार रामेश्वर काकीले जानकारी दिनुभयो ।

रानीझर्ना क्षेत्रमा शनिबारबाट २१ जनालाई झर्नावरोहणका लागि आधारभूत तालीमसमेत शुरु गरिएको छ । रानीझर्नामा जेठ २६ र २७ गते छाँगावरोहण महोत्सव आयोजना गरिने तयारी गरिएको नेपाल क्योनिङ एशोसिएशनका संस्थापक अध्यक्ष कर्ण थापाले बताउनुभयो । (रासस)

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top