+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट गोल्डकप: नुवाकोट-११ सेमिफाईनलमा

डबली खबर
८ साल अगाडी

नुवाकोट/ नुवाकोट गोल्डकप फुटबलका आयोजक जिल्ला नुवाकोट–११ ले बलियो प्रतिद्वन्द्वी फ्रेण्डस क्लबलाई फराकिलो गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार सेमिफाइनलमा प्रवेश गर्न नुवाकोट-११ ले फ्रेन्स क्लबलाई ५-० ले पराजित गर्यो। राजेश कुमाल (३३ ‘), विक्टर अम्बो (४८’), अमिर श्रेष्ठ (५५’ र ५९’) र विकेश लामा (६९’) ले विजय हासिल गरेका छन्।

Image may contain: one or more people, people playing sports, stadium and outdoor

यसवर्ष मात्र स्थापित भएको नुवाकोट–११ टोलीले यसअघि पहिलो खेलमा चितवन–११ लाई हराएर क्वाटरफाईनलमा प्रवेश गरेको हो भने फ्रेण्डस क्बल लिग चरणको पहिलो खेलमा नै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

नुवाकोट-११ का कप्तान जुन्ग्बू शेर्पा म्यान अफ दि म्याच बनेका थिए । उनले दश हजार रुपैयाँ नगद पाएका छन्।

जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको विजेतालाई रु पाँच लाख र उपविजेतालाई रु तीन लाख पुरस्कार दिइनेछ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ