२०८०, ४ आश्विन बिहीबार
social securities awareness bidur municipality

स्ववियू कोषाध्यक्ष जमरकट्टेलमाथि हातपात

    जेष्ठ १९ २०७५ ११:३६

nebisangh-baitadi dinesh jammar kattel
pratik book and stationery center in nuwakot

बैतडी/बैतडीको गोकुलेश्वर कृषि क्याम्पसका स्ववियू कोषाध्यक्ष दिनेश जमरकट्टेल र स्ववियु सदस्य महेश बुडाबुडामगरमाथी अनेरास्ववियूका कार्यकर्ताले आक्रमण गरेका छन् ।

शुक्रबार साँझ उनीमाथि गोकुलेश्वर कृषि क्याम्पसकै इकाई अध्यक्ष कुबेर रोकाया, सचिव मनसुन दाहाल लगायतले आक्रमण गरेको जमरकट्टेलले बताएका छन् ।

साँझ केहि नयाँ विद्यार्थीसहित क्यान्टिनमा खाना खान हिँडेका जमरकट्टेलमाथि एकाएक रोकाय र दाहालले आक्रमण उनको भनाई छ । सुरुमा दाहालले हातपात गरेको र त्यसलगत्तै रोकायले पनि हातपात गर्न थालेपछि आफूले भागेर ज्यान जोगाउन सफल भएको जमरकट्टेलले जानकारी दिए ।

केहि पहिले नेविसंघका कार्यकर्ता र अखिलका कार्यकर्ताबीच सामान्य विवाद भएको र त्यसबारे बेखबर जमरकट्टेल र मगरमाथी गत साझमा एकाएक आक्रामण भएको बताइएको छ ।

यसैबीच नेविसंघ केन्द्रीय समितिले घटनाको भत्सर्ना गरेको छ । केन्द्रीय सदस्य सुशील भट्टले घटनामा सग्लन्न जाेसुकै भएपनि कडा कारवाहि हुनुपर्ने बताए ।

साथै गाेकुलेश्वर कृषि क्याम्पस स्ववियुले पनि घटनाकाे घाेर भर्सना गर्दै दाेषिलाई कारबाही माग गरेकाे छ । स्ववियु सभापति राजेन्द्र बमले क्याम्पस हाताभित्र गुण्डागर्दीलाई कुनै हालतमा सहन नसकिने बताउदै घटनाकाे निस्पक्ष छानविन नभए स्ववियुकाे नेतृत्वमा नै अान्दोलन शुरू हुने बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top