२०८१, १४ बैशाख शुक्रबार

नुवाकोट गोल्डकपः पोखराबाट काठमाडौँ पराजित

    जेष्ठ १९ २०७५ ०८:२३

nuwakot football goldcup-ktm-phr1
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट/नुवाकोटमा जारी ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’ को आजको खेलमा पोखरा काठमाडौँलाई हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

बट्टारस्थित खेल मैदानमा भएको प्रतिष्पर्धामा पोखरा–११ ले काठमाडौँ–११ लाई १–० गोल अन्तरले हराएको हो । काठमाडौँलाई विजयी गराउन खेलको पहिलो हाफको ४० मिनेटमा हेमन गुरुङले गरेको गोल निर्णायक भएको नुवाकोट जिल्ला फुटबल संघका अध्यक्ष बुद्धि प्रधानले जानकारी दिनुभयो ।

खेलमा पोखराको उत्कृष्ट बचाउ गर्ने वावु नै म्यान अफ दि म्याच घोषित भएका छन । वावुले नगद १० हजार रुपैयाँ हात पारे । प्रतियोगिता अन्र्तगत शनिबार घरेलु टोली नुवाकोट ११ र फ्रेँडस क्लबबीच प्रतिष्पर्धा हुने छ ।

बिहीबारदेखि शुरु भएर यही जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आजको विजेता पोखराले यही जेठ २० गते सशस्त्र प्रहरी क्लबसंँग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । जिल्ला खेलकुद बिकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको विजेतालाई रु पाँच लाख र उपविजेतालाई रु तीन लाख पुरस्कार दिइनेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top