२०८०, ६ आश्विन शनिबार
social securities awareness bidur municipality

काठमाडौँको फोहर विसर्जन गर्न स्थानीयबाट अवरोध

    जेष्ठ १८ २०७५ १२:२२

pratik book and stationery center in nuwakot

नुवाकोट/यहाँको ओखरपौवाका स्थानीयवासीको अवरोधका कारण आज बिहानदेखि काठमाडौँ उपत्यकाको फोहर विसर्जन गर्न अवरुद्ध भएको छ ।

काठमाडौँको तीनपिप्लेदेखि फोहर विसर्जन हुँदै आएको स्थान सिसडोलसम्म भइरहेको सडक कालोपत्रेको काम गुणस्तरीय नभएको भन्दै फोहर बोकेर आएका गाडी स्थानीयवासीले रोकेको प्रहरी चौकी ओखरपौवाका प्रमुख प्रहरी सहायक निरीक्षक पशुपति पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयवासीको अवरोधले काठमाडौँबाट फोहर बोकेर आएका करीब १०० वटा गाडी अहिले तीनपिप्ले क्षेत्रमा नै रोकिएका छन् ।

काठमाडौँ महानगरपालिकामार्फत ठेक्का लगाएर तीनपिप्लेदेखि सिसडोलसम्मको करीब नौ किलोमिटर सडकको जारी रहेको कालोपत्रेको काम गुणस्तरहीन भएकाले फोहरका गाडी रोक्न बाध्य भएको स्थानीयवासी लालबहादुर बलामीले बताउनुभयो ।

“कुनै स्थानमा दुई लेनको कालोपत्रे भएको छ, कहीँ सडकसमेत छोपिएको छैन”, बलामीले भन्नुभयो, “ठूलोखोलादेखि प्रहरी चौकीसम्मको करीब तीन किलोमिटर सडकमा नाम मात्रको कालोपत्रे भएकाले विरोधमा उत्रिएका हौँ ।”

उहाँका अनुसार गुणस्तरीय काम नगरेको भन्दै यसअघि विभिन्न पटक जनप्रतिनिधिमार्फत ठेकेदारलाई सचेत गराउँदा सुनुवाइ नभएको हो ।

काठमाडौँ उपत्यकामा दैनिक उत्पादन हुने एक हजार ५०० भन्दा बढी टन फोहरको विसर्जन यहाँको ओखरपौवास्थित सिसडोलमा गरिँदै आएको छ । (रासस)

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top