२०८१, १४ बैशाख शुक्रबार

सांसद नारायणप्रसाद खतिवडा र पत्रकारहरुले गरे संयुक्त अनुगमन, चेस खेलिरहेको अवस्थामा भेटिए कर्मचारी

    जेष्ठ १७ २०७५ २१:२०

narayan-prasad-khatiwada-supervision-kolinika-nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

कपिलदेव खनाल, नुवाकोट/ भुकम्पपछिको पुर्न निर्माणको महत्वपूर्ण जिम्मेवारी रहेको सरकारी कार्यालय शहरी विकास तथा भवन निर्माण बिभाग डिभिजन कार्यालय नुवाकोटमा कर्मचारी चेस खेलिरहेको अबस्थामा भेटिएका छन् । बिहिवार सांसद नारायणप्रसाद खतिवडा र पत्रकारहरुले संयुक्त रुपमा गरेको कार्यालय अनुगमनका क्रममा यस्तो फेला परेको हो ।

भिडियो रिपोर्ट

सरकारी कर्मचारी र निकायको ढिलासुस्तीका कारण निर्माण थालेका र सम्पन्न गरिसकेका लाभग्राहीहरु आफ्नो काम नभएको गुनासो गरिरहेका छन् । सरकारी कार्यालय कर्मचारी अभावमा काम हुन नसकेको ओठे जवाफ दिइरहेको छ । तर कर्मचारीहरु कार्यालय समयमा खेलवाड र मोजमस्तीमा छन् । विहिवार त्रिशुलीको कोलोनीमा रहेको शहरी विकास तथा भवन निर्माण बिभाग डिभिजन कार्यालयमा दिउँसो १ बजेर ५८ मिनेटमा पुग्दा कर्मचारी टेवलभरी असरल्ल काम थुपारेर चेस खेलिरहेको अवस्थामा देखिए । सांसदले रंगेहात फेला परेका सव ईञ्जिनियर आभाष पौडेलले खाजा समयमा मनोरञ्जन गरेको दावी गरे । आफ्नै कार्यकक्षमा भवन निर्माणको जिम्मेवार लिएर आएका अन्य दुई जना जम्मा पारेर उनी चेसमा भिडिरहेका छन् ।

दुई वर्ष देखि भुकम्प पिडितहरु सरकारी प्रक्रृयाका कारण र कर्मचारीले दिएको दुखका कारण पिडामा छन् । तर जिम्मेवार कर्मचारी चाँही काम छैन भन्दै कार्यालय समयमै र कार्यालय भित्रै खेलेर बसेका छन् । भुकम्प पिडितलाई कस्तो सेवा प्रदान भइरहेको छ र कामकाजको शैली कस्तो छ भनि बुभ्mन पुगेका प्रतिनिधि सभा सदस्य नारायणप्रसाद खतिवडाले निमित्त कार्यालय प्रमुख आत्मकुमार शाहसंग जवाफ मागे । प्रतिनिधि सभा सदस्य नारायणप्रसाद खतिवडा र पत्रकारको संयुक्त अनुगमनमै यस्तो दुरावस्थाको छताछुल्ल भएपछि सव ईञ्जिनियर आभाष पौडेल र भवन शाखाको कार्यालय बनाउन ठेकेदार कम्पनीको जिम्मा लिएर आएका अन्य दुई कर्मचारीलाई निमित्त कार्यालय प्रमुखले तत्कालै स्प्रष्टिकरण लिएको छ । भवन कार्यालयका सव ईञ्जिनियर आभाष पौडेल, बन्दना भगवती निर्माण सेवाका ईञ्जिनियरहरु मदन खत्री र निरञ्जन खड्कालाई भवन शाखाका निमित्त प्रमुख आत्मकुमार शाहले प्रष्टिकरण लिए ।

narayan-prasad-khatiwada-supervision-kolinika-nuwakot-bidur

प्रतिनिधि सभा सदस्य नारायणप्रसाद खतिवडाले बिहिवार नुवाकोटका तीन वटा सरकारी कार्यालयको अवलोकन गरेका छन् । शहरी विकास तथा भवन निर्माण बिभाग डिभिजन कार्यालय नुवाकोट, जिल्ला मातपोत र नापी कार्यालयको अनुमगन भएको हो । ती तीनवटै कार्यालयको आकस्मिक निरीक्षण गरी कार्यालयबाट प्रवाह भईरहेका सेवाहरुका बारेमा जानकारी लिएका छन् । आकस्मिक रुपमा कार्यालय प्रवेश गरेका सांसद खतिवडाले कार्यालयका सबै फाँटहरुको निरीक्षण गरी त्यहाँबाट उपलब्ध गराईँदै आएको सेवाहरुका बारेमा कर्मचारी र सेवाग्राहीहरुसंग समेत जानकारी लिएका थिए । नागरिकहरुले ति कार्यालयमा कामजाज ढिलासुस्ती हुने गुनासो गरेका कारण अनुगममा पुगेको सांसद खतिवडाले बताएका छन् । त्यस अवसरमा उनले सेवाग्राहीसंग कामकाजको अवस्थाको विषयमा समेत अन्तरक्रिया गरेका थिए ।

सांसद खतिवडाले सेवा प्रवाहमा लापरवाही गर्ने जो कोहीले कानुन अनुसार दण्डित हुनुपर्ने बताएका छन् । उनले कतिपय कार्यालयमा कर्मचारी अभावका कारण पनि समस्या रहेकाले त्यसको समाधानमा आफू क्रियाशिल हुने प्रतिवद्धता समेत जनाए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top