२०८०, २४ मंसिर आईतवार
social securities awareness bidur municipality

प्रेमीसँग घुम्न आएकी युवती होटलमा मृत भेट्टिइन्

    जेष्ठ १४ २०७५ १०:४२

death body
pratik book and stationery center in nuwakot

नुवाकोट/प्रेमीसँग घुम्न आएकी कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ का विष्णुमाया मगर यहाँको शिवपुरी गाउँपालिका–६ सूर्यचौरस्थित होटलमा आइतबार मृतावस्थामा भेट्टिएकी छिन् ।

काठमाडौँको टोखा नगरपालिका–६ का राज लवटसँग शनिबार साँझ आएर यहाँको ‘लालीगुराँस लोकल खाजा घर’ नामक होटलमा बसेकी ३० वर्षीया विष्णुमाया मृत भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।

साँझ खाना खाएर सुतेकी उनी अबेरसम्म नउठेपछि सँगै आएका उनका प्रेमी ३१ वर्षका लवटले प्रहरीलाई खबर गरेका थिए । घटनाको सम्बन्धमा प्रहरीले लवट र होटल सञ्चालक बद्री गुरुङलाई नियन्त्रणमा लिएर कारबाहीको लागि अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top