sujim bazar advert

उपसभामुख तामाङबाट विद्यार्थीलाई सहयोग

    जेष्ठ १३, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Radhika Tamang Nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

नुवाकोट/प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले दिवंगत बुबाआमाको सम्झनामा स्थापित ‘शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान’ मार्फत यहाँका तीन विद्यालयका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।

क्यान्सर रोगका कारण ज्यान गुमाउनुभएका बुबा शेरबहादुर र आमा राम्री तामाङको सम्झनामा स्थापित उक्त प्रतिष्ठानमार्फत शिवपुरी गाउँपालिकामा रहेका तीन वटा विद्यालयका ११० विद्यार्थीलाई उहाँले शनिबार ती सामग्री वितरण गर्नुभएको हो ।

शिवपुरी गाउँपालिका वडा नं १ तलाखुको खोलेखर्क आधारभूत विद्यायल, वडा नं ३ लिखुको माङ्चेभुमे प्रावि र शिलाका प्राविमा अध्ययनरत सबै विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन जगाउन र नियमित विद्यालय जान प्रेरित गर्न विद्यालय पोशाक, कापी, कलमलगायतका सामग्री वितरण गरिएको प्रतिष्ठानका संरक्षक एवं उपसभामुख तामाङले बताउनुभयो ।

Image may contain: 5 people, including Rajkumar Lama, people smiling, people standing, child and outdoor

“दुर्गम क्षेत्र, जनजाति समुदाय र शिक्षामा चेतनाको स्तर वृद्धि गराउन सहयोग प्रदान गरेका हाँै ।” उहाँले भन्नुभयो, “आगामी दिन स्वास्थ्य शिविर तथा सीप प्रवद्र्धनमार्फत समृद्ध समुदाय निर्माणमा केन्द्रित हुने योजना बनाएका छौँ ।”

खोलेखर्क आधारभूत विद्यायलका प्रधानाध्यापक विन्देश्वर शाहका अनुसार बालबालिका विद्यालयमा भर्ना भए पनि नियमित नहुँदा शैक्षिक गुणस्तरमा वृद्धि हुँदै आएको कठिनाइ समाधान गर्न प्रतिष्ठानको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो ।

सामग्री वितरणसँगै यसै प्रदेश (प्रतिनिधिसभा–१ को प्रदेश ‘क’) बाट प्रदेशसभा सदस्यमा निर्वाचित तामाङले गाउँको विकासका लागि अभिभावक तथा स्थानीयवासीसँग अन्तरक्रियासमेत गर्नुभयो ।

Image may contain: 1 person, standing, crowd, outdoor and nature

Image may contain: 7 people, people smiling, people standing and child

Image may contain: 4 people, people standing and outdoor

Image may contain: 4 people, people standing

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top