sujim bazar advert

गोली चलाई रकम लुटपाट

    जेष्ठ १३, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

crime nepal dabali khabar
Big Education Consultancy Nuwakot
global ime bank flash loan

धनगढी/धनगढी उपमहानगरपलिका पुरानो भन्सार रोडमा रहेको एसिसी बैंक नजिकैको चोकमा गोली चलाएर आज एक व्यक्तिको रकम लुटिएको छ ।

एसिसी बैँकबाट रु नौ लाख निकालेर फिर्ता फर्किँंदैै गर्नुभएका धनगढी– २ का ३६ वर्षीय निर्मल सार्कीमाथि मोटरसाइकलमा आएका अपरिचित दुई जनाको समूहले गोली चलाई रकम लुटेको हो । सार्कीको एउटा हातमा गोली लागेको छ ।

उहाँलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीमा पु¥याइएको छ । गोली चलाउनेको खोजतलास व्यापक रुपमा भइरहेको प्रहरी उपरीक्षक विनोद घिमिरेले बताउनुभयो । लुटिएका सार्की ग्लोबल आइएमी बैंकमा कार्यरत भएको बुझिएको छ । (रासस)


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top