sujim bazar advert

बर्दिवास लागुपदार्थ दुर्व्यसनीको अखाडा

    जेष्ठ १२, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

lagu padartha
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

बर्दिवास/महोत्तरीको बर्दिवास नगरक्षेत्र लागुपदार्थ दुर्व्यसनीको अखाडा बनेको छ । लागुपदार्थ प्रयोग गर्ने दुर्व्यसनी र यस्ता सामग्रीको ओसारपसार गर्नेको संख्या बढ्दै गएपछि यस्तो अवस्था बनेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो ।

सवारी दुर्घटना, चोरी, घरेलु हिंसा र आत्महत्याका घटना लागुपदार्थ दुर्व्यसन र यसको ओसारपसारसँग सम्बन्धित पाइने गरेको प्रहरीको भनाइ छ । यस्ता प्रकृतिका घटना बर्दिवास नगर क्षेत्रमा गत आर्थिक वर्षमा ५३ वटा भएकामा यसपाली भने यो संख्या १०० को हाराहारी पुगेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताउनुभयो ।

‘घटना अभिलेखले सवारी दुर्घटना, चोरी, घरेलु हिंसा र आत्महत्याका घटना लागुपदार्थ दुर्व्यसन तथा ओसारपसार भन्दा छुट्टै जस्ता देखिन्छन्’ शनिबार बिहान बर्दिवास नगरपत्रकार सञ्जालमा आवद्ध सञ्चारकर्मीसँगको कुराकानीमा प्रनाउ (डिएसपी) पोखरेलले भन्नुभयो–, “तर, यी घटनाको सम्बन्ध केलाउँदै जाँदा धेरैजसो घटनाको कारण लागुपदार्थको दुर्व्यसन नै रहेको पाइएको छ ।”

पछिल्ला अनुसन्धानबाट लागुपदार्थ दुर्व्यसन र ओसारपसारमा १५/१६ वर्षका किशोरदेखि ४० वर्ष उमेर समूहसम्मका युवायुवती सरिक पाइएका प्रहरीले जनाएको छ । विद्यालयमा कक्षा नौ/दश मा पढ्दै गरेका किशोर छात्रछात्रा पनि दुर्व्यसनको कूलतमा फसेको पाइएको प्रनाउ पोखरेलले जानकारी दिनुभयो ।

जिल्लामा लागुपदार्थ दुर्व्यसन र यसको ओसारपसारसँग सम्बन्धित घटनामध्ये ८० प्रतिशतभन्दा बढी बर्दिवास नगर क्षेत्रकै हुनेगरेका पाइएको छ ।
पछिल्लो एक दशकयता जिल्लामा लागुपदार्थ दुर्व्यसन र ओसारपसारमा दत्र्ता भएका मुद्दामध्ये ८० प्रतिशतभन्दा बढी बर्दिवासकै वारदात रहेका प्रनाउ पोखरेलले बताउनुभयो ।

यसैबीच इलाका प्रहरी कार्यालय बर्दिवासले नगर वडा बस्तीका टोल सुधार समिति र अभिभावकसँग समन्वय गरेर विद्यालय क्षेत्र वरपर सुर्ती, चुरोट, गुट्खा र मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने गरी कडाइका साथ अनुगमन थालेको जनाएको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top