विदुर/ एफ १ सफ्ट इन्टरनेसनल (F1 Soft International) नामक कम्पनीद्वारा संचालित ई-सेवाको शाखा कार्यालय नुवाकोटको विदुर नगरपालिका वार्ड नं. ४, बट्टारबसपार्कमा संचालनमा आएको छ ।
नुवाकोटका सेवाग्राहीहरुलाई ई-सेवाको सेवालाई प्रभावकारी बनाउन शाखा विस्तार गरेको नुवाकोट जोनका व्यवस्थापक डम्बर तामाङले बताउनुभयो । त्यस्तै नेपाल विद्युत प्राधिकरण, नुवाकोट शाखाको बिजुली महशुल पनि घरमै बसी ई-सेवाबाट तिर्न मिल्ने बताउनुभयो ।
ई-सेवा कम्पनी २६ जनवरी २००९ मा स्थापना भएको हो । प्रयोगकर्ताहरुलाई अनलाईन माध्यमबाट रकम लेनदेनका लागि यसको निर्माण गरिएको हो । विभिन्न किसीमका भुक्तानी गर्न, पैसा पठाउन, पाउन र तिर्न, मोवाइल रिचार्ज, टपअप, (प्रिपेड, पोष्टपेड, सिडिएमए) टेलिफोन, बिजुली, खानेपानी तथा इन्टरनेटको बिल भुक्तानी, डिसहोम रिचार्ज, हवाईजहाज तथा बस टिकट, ई-सेवाको मोबाइल एप्लिकेशन, एप्लिकेशनका सुबिधाहरु रहेको छ ।
बिजुली महशुल कसरी बुझाउने?
बिजुली महशुल तिर्नको लागि इसेवाको मोबाइल APP (एन्ड्रोएड / आईफोन) बाट आफ्नो बिलमा भएको SC No.अनि Consumer ID राखी वक्यौता रकम बुझेर बिल तिर्न सकिन्छ ।
१. NEA Online सिस्टम के हो?
हालसम्म ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै eSewa ले विजुलीको विल भुक्तानी सेवा दिइरहेकोमा अब नेपाल बिधुत प्राधिकरणद्वारा अनलाइन बिल भुक्तानी गर्न सकिने सेवा सुचारु भएको छ । जसले गर्दा ग्राहकले आफ्नो वक्यौता रकम बुझि तुरुन्त इसेवाबाट भुक्तानी गर्न सक्ने छन् ।
२. इसेवाबाट NEA बिल कसरी तिर्ने?
बिल तिर्नको लागी तल उल्लेखित प्रकृयाबाट आफ्नो बिल तिर्न सकिन्छ ।
इसेवाको वेबसाईट https://www.esewa.com.np मा login गरी Electricity Bill Payment मा गई काउण्टर छानी आफ्नो बिलमा भएको SC No.अनि Consumer ID राख्नुहोस् । तपाईको वक्यौता रकम देखाए पश्चात, Submit गर्नुहोस् ।
३. इसेवाबाट NEA बिल तिर्दा कुनै शूल्क लाग्छ कि लाग्दैन ?
इसेवा मार्फत स्वयम आफैले NEA कोे बिल तिर्दा कुनै शूल्क लाग्दैन ।
४. यस नयाँ अनलाइन NEAभुक्तानी सेवाको विशेषता के छन?
आफ्नोे भुक्तनी गर्नुपर्ने रकम बुझी तुरुन्तै तिर्न सकिने ।
दैनिक रुपमा काउनटरहरु थपिने ।
भुक्तानी तुरुन्तै भै सो भुक्तानी गरेकोे रकम २४ घण्टामा भुक्तानी गरेको काउनटरमा जम्मा भैसक्ने।
५. इसेवाबाट NEA को बिल भुक्तानी गर्दा छुट अनि जरिवानाको हिसाब मिलन कसरी हुन्छ?
इसेवाबाट बिल तिर्दा रिबेट अनि जरिवाना नेपाल बिधुत प्राधिकारणको नियम अनुसार नै हुनेछ (सो जानकारीको लागि आफ्नो बिलको पछाडी हेर्न सकिन्छ ) जुन आफै सिस्टम बाट हरेक दिन समायोजन भई महसुल देखिनेछ । मानोहोस यदी तपाईंको बिल् रु १००० आएको छ भने सिस्टममा तल उल्लेखित महसुल देखिने छ ।
बिल आएको दिन देखि ७ औ दिन सम्म रु ९८० (२% रिबेट)
८ औ दिन देखि २२ औ दिन सम्म रु १००० ( बिल् अनुसार महसुल भुक्तनी )
२३ औ दिन देखि ३० औ दिन सम्म रु १०५० ( ५% जरिवाना )
३१ औ दिन देखि ४० औ दिन सम्म रु ११०० ( १०% जरिवाना )
४१औ दिन देखि ६० औ दिन सम्म रु १२५० ( २५% जरिवाना )
६. इसेवाबाट NEA को कुन शाखाहरुको बिल तिर्न सकिन्छ?
हाल इसेवा मार्फत ग्राहकले बाँडेगाँउ , भक्तपुर, चापागाँउ, जोरपाटी, लगनखेल, लुभु, महाराजगंज, रत्नपार्क, थिमि, पुलचोक,साँखु, बुढानिलकण्ठ, बानेश्वर, भरतपुर, पोखरा, पोखरा ग्रामीण काउण्टरहरुको भुक्तानी गर्न मिल्छ साथै अरु काउण्टरहरु चाँडै नै थपिने छ ।
७. इसेवाबाट NEA बिल तिर्दा भुक्तानी गरिएको रसिद पाइन्छ कि पाइदैन?
पाइन्छ, भुक्तानी भए पश्चात तपाँइले आफ्नो इसेवा एकाउण्टको स्टेटमेन्टमा PDF फर्म्याटमा भुक्तानी गरिएको विवरण प्राप्त गर्नुहुने छ जसलाई आधिकारिक रसिद मानिने छ ।
८. Balance Inquiry गर्दा देखिएको रकम भुक्तानी गरेपछी पनी अझै बाँकी रकम देखाउछ, किन ?
हजुरले आफ्नो वक्यौता रकम तिरेपछी NEA को system मा उक्त विवरण भोली पल्ट कार्यालय समयमा update गरिने छ । त्यसैले गर्दा हजुरकोमा रकम भुक्तानी गरेपछी पनी अझै बाँकी रकम देखाउछ ।
९. बिलमा आएको रकम भन्दा बदी रकम तिर्न मिल्छ की मिल्दैन ?
हजुरले आफ्नो बिलमा आएको रकम भन्दा बदी रकम तिर्न मिल्छ।
१०. Meter Reader ले बिल काटेर जानु भयो, तर Balance Inquiry गर्दा बिल भुक्तानी रकम देखिएन, किन ?
NEA को System मा बिल Update नभएको कारण हजुरको बिल भुक्तानी रकम नदेखिएको हो ।
११. मैले कुन समयमा बिल भुक्तानी गर्दा ठीक होला ?
हजुरले बिल भुक्तानी गर्दा जहिले पनि बिहानको १० बजे पछी भुक्तानी गर्नुहोला ।
नोट: यस सिस्टममा देखाएको वक्यौता रकम दैनिक रुपमा समायोजन हुने भएकोले आफ्नोे बक्यौता रकम, रिबेट अनि जरिवाना आफैले बुझी बिधुत महसुल तिर्नहुन अनुरोध गरिन्छ ।
प्रतिक्रिया