२०८१, १३ बैशाख बिहीबार

समता स्कुल खारेज हुने

    जेष्ठ १० २०७५ १२:११

Government Community School
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बाजुुरा/बडीमालिका नगरपालिका–८ मा संचालन हुँदै आएको समता स्कुल खारेज हुने भएको छ ।

तत्कालीन जिल्ला शिक्षा कार्यालय र बडीमालिका नगरपालिकाको कुनै समन्वय र अनुमति नलिएर सञ्चालन गरेको पाइएपछि खारेज गर्न लागिएको बडीमालिका नगरपालिकाले जनाएको छ ।

नगर शिक्षा समितिकोे केही दिनअघि बसेको बैठकले बडीमालिका नगर कार्यपालिकामा विद्यालय खारेज गर्न माग गर्दै पत्र पठाएपछि खारेजी प्रक्रियामा अगाडि बढेको बताइएको छ । विद्यार्थी अभियानको नयाँ वर्षको अवसरमा विद्यार्थीलाई १०० रुपैयाँमा भर्ना र मासिक १५० शुल्क तोकेको उक्त स्कुलले बडीमालिका नगरपालिकाको नगर शिक्षा शाखासँग कुनै परामर्श नगरेको शाखाले जनाएको छ ।

नगर शिक्षा शाखाको सिफारिशमा नगरपालिकाले तत्कालीन जिल्ला शिक्षा कार्यालयमा अनुमतिका लागि प्रक्रिया अगाडि बढाउनुपर्ने प्रावधान भएको भए पनि कानून विपरित स्कुल संचालन गरेपछि खारेजी हुन लागेको बताइएको छ ।

नगर कार्यपालिकाले समता स्कुललाई खारेजी गरेपछि २०० बालबालिका भने अलपत्र पर्ने भएका छन् । विद्यालयमा पढ्न आएका बालबालिका कता जाने भन्नेबारेमा अन्योलता छाएको छ । नगरले कानून विपरित स्कुल सञ्चालनमा रोक लगाउने भएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top