+
Search

ताजा अपडेट +

पपुलर +

नेपालकै पहिलो अपांगमैत्री पुस्तकालय नुवाकोटमा

disability friendly kumari library nuwakot nepal
डबली खबर
८ साल अगाडी

काठमाडौँ/रिड नेपाल नामक सामाजिक संस्थाले नेपालकै पहिलो अपांगमैत्री तथा बहुप्रकोप प्रतिरोधात्मक सामुदायिक पुस्तकालय निर्माण गरेको जनाएको छ ।

नुवाकोटको बेलकोट नगरपालिका–२ मा जनजागरण सामुदायिक पुस्तकालयमा बाल कक्ष, सूचना सञ्चार प्रविधि कक्ष, विपद् जोखिम न्यूनीकरण कक्षलगायत नौवटा कक्ष र चारवटा पहुँचयोग्य शौचालय हालै निर्माण गरिएको छ ।

जनजागरण सामुदायिक पुस्तकालयको पुनःनिर्माण तथा समुदायमा आधारित समावेशी विपद् जोखिम न्यूनीकरण परियोजना अन्तर्गत निर्माण भएको उक्त पुस्तकालय भवन निर्माणमा रु एक करोड ७५ लाख खर्च गरिएको संस्थाका अधिकृत चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

मुलुकका विभिन्न स्थानमा पुस्तकालयको विकास गर्दै आएको उक्त संस्थाले समुदायमा आर्थिक सशक्तीकरणका विभिन्न परियोजना पनि सञ्चालन गरेको छ । (रासस)

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ