Tuberculosis free AI checkup camp in Bidur Nuwakot
sujim advert

जेठ महिनाभरि गोसाइँकुण्डमा मेला

    जेष्ठ ९, २०७५

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

gosaikunda mela
bidur tax consultancy services in nuwakot

रसुवा/पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्ने भक्तजनको आगमन दिन प्रतिदिन बढ्दै गएको छ ।

स्थानीय पुरोहित टंकप्रसाद ढकालका अनुसार १० दिनसम्म चल्ने गंगा दशहरा पर्व बिहीबार सम्पन्न भएपनि पुरुषोत्तम महिना भएका कारण गोसाइँकुण्ड स्नानका लागि भक्तजन जेठ महिनाभर नै ओहोरदोहोर भइरहनेछन् ।

पुरुषोत्तम महिनामा तीर्थश्राद्ध गर्न नहुने र स्नान र पूजापाठ गर्नाले आफ्नो मनोकांक्षा पूरा हुने, शरीरमा भएका रोगब्याध हट्दै जाने, परिवारजनमा सुख शान्ति मिल्ने र धनधान्य हुने धार्मिक विश्वास रहिआएको बताइएको छ ।

यही जेठ २ गतेबाट गंगा दशहारा पर्व शुरु भएता पनि फाटफुट मात्र भक्तजन गोसाइँकुण्ड गइरहेको र पुरुषोत्तम महिना परेका कारण बढ्नसक्ने यात्रुको चापलाई मध्यनजर राखी सुरक्षा गस्ती बढाइएको जिल्ला प्रहरी प्रमुख शरतकुमार थापाक्षेत्रीले जानकारी दिनुभएको छ । उहाँका अनुसार रसुवा पुग्ने यात्रु वा जोसुकै व्यक्तिले पनि आफू सुरक्षित भएको महसुस गरी घुमफिर र तीर्थयात्रा गर्नसक्ने गरी सुरक्षा व्यवस्था मजबुत गरिएको छ ।

गंगा दशहराको शुभारम्भदेखि नै दैनिकरुपमा १५ देखि २० जना भक्तजन ओहोरदोहोर भइरहेको र बढ्न सक्ने यात्रुको चापलाई मध्यनजर राखी धार्मिक मार्गका सबै होटल व्यवसायीले यथेष्टरुपमा खाद्यान्न भण्डार गरिसकेको चन्दनबारीका होटल व्यवसायीले बताएका छन् ।

यस्तै, लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजंग गणले चिकित्सकसहितको स्वास्थ्य शिविर चन्दनबारीमा सञ्चालन गरिरहेको उक्त गणले जनाएको छ ।

भूकम्पपछिको अवस्था हेर्दा पवित्र तीर्थ गोसाइँकुण्ड स्नानका लागि बाह्रै महिना प्रायः युवा भक्तजन बढी मात्रामा ओहोरदोहोर भइरहेको र अहिलेको समय पुरुषोत्तम महिना परेकाले जेठ महिनाभरमा आउने भक्तजनको संख्या पाँच हजार नाघ्न सक्ने अनुमान गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले बताउनुभयो । (रासस)

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top