रोल्पा/रोल्पाको त्रिवेणी गाउँपालिका–५ की २५ वर्षीया एक अपांगता भएकी महिला जबर्जस्ती करणीमा परेकी छिन् । पूर्व माओवादी लडाकूसमेत रहेकी निज महिला माओवादी युद्धताका अपांग भएकी थिइन् ।
बोल्न नसक्ने तथा हातखुट्टा नचल्ने अवस्थामा रहेकी निज महिलालाई सोही गाउँका ५१ वर्षीय हरिप्रसाद कामीले जबर्जस्ती करणी गरेको प्रहरीले बताएको छ । घरमै बसिरहेको अवस्थामा अपांग महिलालाई जबर्जस्ती करणी गर्ने कामीलाई प्रहरीले पक्राउ गरी कानूनी कारबाहीका जिल्ला प्रहरी कार्यालयमा ल्याइएको बताइएको छ ।
जिल्ला अस्पताल, रेउघामा स्वास्थ्य परीक्षणपछि महिलालाई घर पठाइएको तथा अभियुक्त कामीलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो । अभियुक्त कामीलाई जबर्जस्ती करणीअन्तर्गत कारबाही गरिने प्रहरीले जानकारी दिएको छ । (रासस)
प्रतिक्रिया