२०८१, १३ बैशाख बिहीबार

क्रिकेटर लामिछाने स्वदेश फिर्ता

    जेष्ठ ८ २०७५ २१:५९

sandeep lamichhane cricket nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौँ/भारतमा भएको एघारौं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर राष्ट्रिय क्रिकेट टोलीका सदस्य लेगस्पीनर सन्दीप लामिछाने आज स्वदेश फर्किएका छन् ।

आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका १७ वर्षीय लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, म्यानेजर रमन शिवाकोटीलगायतले स्वागत गरे ।

लामिछानेले आइपिएलबाट आफूले धेरै कुरा सिकेको भन्दै त्यो कुरालाई नेपाली क्रिकेटमा लागू गर्ने बताउनुभयो ।

उहाँले आइपिएलमा नेपाललाई चिनाउने मौका पाएको भन्दै बलिङमा थप सुधार भएकोे धारणा व्यक्त गर्नुभयो ।

लामिछानेले अन्तिम तीन खेल खेल्ने मौका पाउनुभएको थियो । उहाँले खेल्नुभएको खेलेको तीन खेलमा नै उत्कृष्ट प्रदर्शन गर्दै कूल ५ विकेट झारेका थिए ।

उहाँलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।  (रासस)

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top