sujim bazar advert

मदिरा उत्पादन गर्ने चिनी मिल विरुद्ध स्थानीय

    जेष्ठ ८, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Kanchanpur Madira Sugar Mill
Big Education Consultancy Nuwakot
global ime bank flash loan

कञ्चनपुर/कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरमा रहेको महाकाली सुगर इन्डस्ट्रिज प्रालिले मदिरा उत्पादन गर्न थालेपछि बन्द गर्न माग गर्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन् ।

जनप्रतिनिधिसहितका स्थानीय बासिन्दाले मदिरा उत्पादनको विरोध गर्दै बेलौरी नगरपालिकालाई नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले बन्द गर्न माग गरेका छन् ।

विसं २०६७ देखि चिनी उत्पादन गर्दै आएको महाकाली सुगर मिलले यस वर्षदेखि मदिरासमेत उत्पादन गर्न थालेको वडाध्यक्ष हरिलाल चौधरीले भन्नुभयो, “नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले बन्दको माग गरेका हौँ ।”

मदिरा उत्पादन बन्दको माग गर्दै ३७१ जनाको हस्ताक्षर गराई सोमबार नगरपालिकामा विरोधपत्र पेश गरिएको उहाँले जानकारी दिनुभयो । चिनी मिलबाट उत्पादनका रुपमा निस्कने सिराबाट सुगर इन्डस्ट्रिजले मदिरा उत्पादन गर्न थालेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

कालिका मन्दिर र शिव मन्दिरको बीचमा रहेको मिलभित्र मदिरा उत्पादन गर्दा धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक, वातावरणीय एवं मानव स्वास्थ्यमा समेत नराम्रो असर पर्ने भएकाले सरकारले मदिरा उत्पादनमा नियमन गर्ने नीति ल्याइरहेका बेला उक्त कार्यनीति विपरीत हुनेहँुदा उत्पादन कार्य बन्द गर्न माग गरिएको स्थानीय मनराज उपाध्यायले बताउनुभयो ।

गैरकानूनी रुपमा मदिरा उत्पादन गरी वातावरणीय, धार्मिक र सामाजिक क्षेत्रमा असर परेको जानकारी स्थानीय बासिन्दाले दिएपछि स्थानीय सरकारका हैसियतले तत्काल मदिरा उत्पादन स्थगित गरी यथाशीघ्र नगरपालिकालाई लिखित स्पष्टीकरण दिन सुगर इन्डस्ट्रिजलाई पत्राचार गरी सकिएको नगरपालिकाका उपप्रमुख चित्रकुमारी चौधरीले बताउनुभयो ।

महाकाली सुगर इन्डस्ट्रिजका सञ्चालकले मदिरा नभई उपउत्पादनका रुपमा स्प्राइट बनाइने गरिएको जानकारी दिएका छन् ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top