२०७८, १ बैशाख बुधबार
Bidur Tax Consultancy Service

जोखिम बस्तीका परिवारलाई सुरक्षित स्थानमा घडेरी

डबली खबर     जेष्ठ ७ २०७५ १५:५६


Trishuli Web Design Services in Nuwakot
Nuwakot District Map

नुवाकोट/भूकम्पसँगै सुख्खा पहिरोले जोखिम रहेको बस्तीमा बसोबास गर्दै आएका तादी–१ उर्लेनीका बाह्र परिवारलाई तादी–३ बुदुनेमा स्थानान्तरणका लागि घडेरी उपलब्ध गराइएको छ ।

भूकम्प र पहिरोले बस्ती बगाएपछि ती विस्थापित परिवारलाई चार रोपानी तीन आना जग्गा खरीद गरी प्रदान गरिएको जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले जानकारी दिनुभयो ।

बुदुनेका शिवप्रसाद उप्रेती, चन्द्रमणि उप्रेती र लेखनाथ उप्रेतीबाट आवश्यक जग्गा खरीद गरी राष्ट्रिय पुनः निर्माण प्राधिकरणले विस्थापितलाई पुनः स्थापनाका लागि उपलब्ध गराएको हो । प्राधिकरणले उपलब्ध गराएको घडेरीको जग्गामा पाँच परिवारको श्रीमान्–श्रीमतीकै नाममा संयुक्त जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) बनाइएको छ ।

उर्लेनीमा जोखिममा परेका ७३ मध्ये ५१ परिवारलाई यसअघि नै बुदुेनमा जग्गा खरीद गरी स्थानन्तरण गरिएको थियो । दश परिवार अझै जोखिम बस्तीमा बासोबास गर्दै आएकाले पुनः स्थापनाको प्रतीक्षामा रहेको तादी गाउँपालिकाका अध्यक्ष नारायण पाण्डेले बताउनुभयो । तीन वर्षअघि भूकम्प र त्यसपछिको सुख्खा पहिरोले यहाँको ३२४ परिवारको बस्ती जोखिममा रहेको सरकारी भूगर्भविद्को तथ्यांकले देखाएकामा प्राधिकरणले उनीहरुको समयमै स्थानन्तरण नहुँदा दुर्घटनाको भय र पुनः निर्माणमा ढिलाइ भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz


Top