sujim bazar dashain tihar bumper offer

प्रदेश नं २ का सञ्चारमाध्यमलाई राहतपूर्ण वर्गीकरण गर्न आग्रह

    जेष्ठ ६, २०७५

sizen education study in Japan
ananda Jewellery shop

Building of Federation of Nepali Journalists
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

महेन्द्रनगर/नेपाल पत्रकार महासंघ प्रादेशिक समिति प्रदेश नं २ ले पत्रपत्रिकाको वर्गीकरण गर्दा प्रदेश नं २ का पत्रिकालाई राहतपूर्ण सूचीमा राख्न प्रेस काउन्सिल नेपालसँग आग्रह गरेको छ ।

प्रादेशिक समितिका अध्यक्ष दीपेन्द्र चौहानको अध्यक्षतामा जनकपुरमा बसेको बैठकले गत वर्ष आएको बाढीका कारण प्रदेश २ का सञ्चारमाध्यम प्रभावित भएको तथ्य मनन गर्दै विनाभेदभाव वर्गीकरण गर्न सुझाव दिएको छ ।

पत्रकार महासंघ प्रादेशिक समितिको कार्यालय व्यवस्थापन तथा सञ्चालन प्रदेश २ को प्रशासनिक मुख्यालय जनकपुरमा गर्ने भएकाले त्यसको लागि आवश्यक व्यवस्थापनको जिम्मा महासचिव किरण कर्ण र कार्यालय सञ्चालनका लागि आवश्यक भौतिक सामग्रीको व्यवस्थापनको जिम्मा कोषाध्यक्ष प्रवीण साहलाई दिइएको छ । प्रादेशिक समितिको अर्को बैठक आउँदो असारमा वीरगञ्जमा बस्ने भएको छ । (रासस)

shivam cement 2081 dashain
bagamati gabion box in Nuwakot

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top