sujim bazar advert

पञ्चकन्या खुला दिशामुक्त र पूर्ण खोपयुक्त क्षेत्र घोषणा

    जेष्ठ ६, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Panchakanya ODF Announcement
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

नुवाकोट/ यहाँको नवौँ स्थानीय तहका रुपमा शनिबार पञ्चकन्या गाउँपालिकालाई खुला दिशामुक्त तथा पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ ।

गाउँपालिकाको पाँचवटा वडामा रहेका तीन हजार ८४० परिवारमध्ये करीब ९९ प्रतिशत घरमा पक्की शौचालय निर्माण भएसँगै प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले कालिका माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममार्फत पञ्चकन्या गाउँपालिका खुला दिशामुक्त क्षेत्र भएको घोषणा गर्नुभएको हो ।

Image may contain: one or more people, people on stage and people standing

गाउँपालिकाभित्र भर्खर दुई वर्ष उमेर पूरा गरेका २६८ जना बालबालिका सबैले आवश्यक ११ प्रकारका खोप लिएकाले पूर्ण खोपयुक्त गाउँपालिकासमेत भएको सांसद तामाङले घोषणा गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य बद्री मैनालीले विनाशकारी भूकम्पले आवास निर्माणको प्रक्रियामा रहेका परिवारलेसमेत सरसफाइलाई ख्याल गर्दै शौचालय निर्माण गरी सभ्य समाजको स्थापना गर्न पु¥याएको सहयोगको प्रशंसा गर्नुभयो ।

Image may contain: 11 people, people smiling, crowd and outdoor

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले खुला दिशामुक्त क्षेत्र घोषणालाई कार्यान्वयन गरी दिगोरुपमा स्वास्थ्य क्षेत्रमा सुधार गर्न स्वच्छ खानेपानी, बालबालिकामा पूर्णखोपयुक्त पहुँचलाई निरन्तर कायम राख्न सुझाब दिनुभयो ।

गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले शिक्षाको पहुँचमा सबैलाई समावेश गरी सफा र स्वस्थ्य गाउँपालिका निर्माण गर्ने चाहना खुला दिशामुक्त र पूर्ण खोपयुक्त क्षेत्रलाई निरन्तर सफल रुपमा कार्यान्वयनमा ल्याइने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा जिससका उपप्रमुख अप्सरा थापा, गाउँपालिका उपाध्यक्ष सीता खड्का, स्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारी, खोप अधिकृत अमृत महर्जन, गाउँपालिकामा रहेका पाँचवटै वडाका वडाध्यक्षहरु, महिला समूह, महिला स्वास्थ्य स्वयंसेविका, राजनीतिक दलका प्रतिनिधि, शिक्षक एवं विद्यार्थी सहभागी भएर चेतनामूलक झाँकी तथा ¥याली प्रस्तुत गरिएको थियो ।

यहाँका बाह्रमध्ये बाँकी तीन स्थानीय तहलाई पनि आगामी साताभित्रै खुला दिशामुक्त क्षेत्र घोषणा गरी सिङ्गो जिल्ला दिशामुक्त घोषणा गर्ने सरकारी लक्ष्य छ । (रासस)

फोटो: चोकराज शाक्य

Image may contain: 5 people

Image may contain: 4 people, people sitting and outdoor

Image may contain: 6 people, people sitting and outdoor

Image may contain: 6 people, people smiling, people on stage, child and outdoor

Image may contain: 5 people, people smiling, people on stage, child, tree and outdoor

Image may contain: 5 people, people standing and outdoor

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top