sujim bazar advert

शिविरमा ८४ जनाको मोतियाबिन्दुको उपचार

    जेष्ठ ५, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

free eye checkup camp nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

नुवाकोट/मोतियाबिन्दु भएर आँखाको ज्योति गुमाएका यहाँका चौरासी जनाको पुनःज्योति फर्काइएको छ ।

मोतियाबिन्दु लागेका बिरामीका लागि जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको आयोजनामा दुईदिने निःशुल्क शिविरमा उनीहरुको गुमेको ज्योति फर्काइएको हो ।

दृष्टि गुमाएकाको तथ्यांक संकलन गरी प्रदान गरेको सेवामार्फत उनीहरुले अब स्पष्टसँग आँखा देख्नसक्ने भएको सामुदायिक आँखा केन्द्र नुवाकोटका प्रमुख शंकर अधिकारीले जानकारी दिनुभयो ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखासँगको सहकार्यमा विशेषज्ञ चिकित्सकमार्फत केन्द्रको कार्यालय विदुरमा शल्यक्रिया गरी ज्योति फर्काउन सफल भएकाले उनीहरुले आगामी दिनमा सरसफाइमा ख्याल गर्दै समयसमयमा जाँच गराएमा नियमितरुपमा दृष्टि पाउने अधिकारीले बताउनुभयो ।

Image may contain: 3 people, people smiling

जिल्लाको विभिन्न स्थानमा गरिएको निःशुल्क आँखा शिविर र केन्द्रमा जाँच गर्न आएका बिरामीको तथ्यांक संकलन गरी आयोजना गरिएको निःशुल्क शल्यक्रियामा सम्पर्कमा आएका २१८ जनालाई दुई दिनमा समेटिएको केन्द्रले जनाएको छ ।

Image may contain: 1 person, outdoor

Image may contain: 3 people, people smiling

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top