+
Search

ताजा अपडेट +

पपुलर +

प्रदेश नं. ३ को आज प्रदेशसभा बैठक बस्दै

Pradesh No. 3 Nepal Sachibalaya Office
डबली खबर
७ साल अगाडी

मकवानपुर/ प्रदेश नं. ३ को प्रदेशसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । प्रदेशसभाको बिहीबारको बैठकले आगामी आव २०७५/०७६ का लागि आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बजेटको सैद्धान्तिक पक्ष र उच्च प्राथमिकताका विषयमा प्रस्तुत गरेको प्रस्तावना टेबुल गर्‍यो ।

बैठकमा बोल्ने सदस्यहरुले विनियोजित बजेटको सैद्धान्तिक पक्षमा आ आफ्नो सुझाव प्रस्तुत गर्दै गरिबी निवारणका लागि गरिबको वास्तविक तथ्याङ्क लिई उनीहरुका लागि आत्मनिर्भर हुने खालका कार्यक्रम तर्जुमा गर्नुपर्ने, मेडिकल शिक्षालाई सुलभ, सहज तुल्याउन सरकारले कार्यदल गठन गरेर विपन्न नागरिकका छोराछोरीले पनि मेडिकल शिक्षा अध्ययन गर्न पाउने अधिकारको ग्यारेण्टी गर्ने ऐन कानून बनाइनुपर्ने धारणा राखे ।

विनियोजित बजेटमा उल्लेख भए पनि प्रदेशअन्तर्गतका १३ जिल्लास्थित ऐतिहासिक गढीको पहिचान गरेर भौतिक पूर्वाधारको निर्माण गरी विदेशी पर्यटक भित्र्याउन प्याकेज कार्यक्रम ल्याउनुपर्नेमा जोड दिदैं प्रदेश नं. ३ का सिन्धुली, मकवानपुर र चितवनलगायत जिल्ला राष्ट्रपति चुरे कार्याक्रममा समेट्न नसकिएकाले त्यसतर्फ आगामी बजेटमा कार्यक्रम समावेश गर्नुपर्ने उनिहरुको भनाइ थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ