sujim bazar advert

नुवाकोट गोल्डकपको सफलताका लागि क्रियाशिल बनौं : शिव देवकोटा

    जेष्ठ ३, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

journalist shiva devkota nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा आगामी जेठ १७ गतेदेखि २६ गतेसम्म प्रथम नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । नुवाकोट जिल्लाको खेलकुद ईतिहासमै पहिलो पटक राष्ट्रिय स्तरका फुटबल कल्वहरुलाई सहभागि गराएर हुन लागेको यो फुटवल प्रतियोगिता खेलकुद क्षेत्रको मात्र नभई समग्र जिल्लाकै बिकासमा महत्वपूर्ण सावित हुने निश्चित छ । स्रोत र साधनको अपर्याप्तताका वावजुद पनि यस्तो महत्वपूर्ण प्रतियोगिता आयोजना गरेर जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघ बधाई र धन्यवादका पात्र त बनेका छन् नै संगसंगै प्रतियोगिताको सफलतापूर्वक आयोजनाका लागि सबै पक्षको ऐक्यवद्ध सहयोग र साथ पनि अपेक्षित देखिएको छ ।

कुनै समय नुवाकोटमा फुटबल खेल अत्यन्त चर्चामा थियो । प्रायः त्रिभूवन त्रिशुली माध्यमिक बिद्यालयको खेलमैदानमा हुने प्रतियोगितामा जिल्ला भरका खेलप्रेमीहरुको सहभागिता रहने गर्दथ्यो । अझ त्यसवेलाका चर्चित टिम बट्टार र त्रिशूलीको खेल हेर्न टाढा–टाढाबाट मानिसहरुको ओईरो नै लाग्थ्यो । तर यसको विकासमा सरकारी पक्षको खासै चासो नरहँदा बिस्तारै फुटबल खेल पनि ओझेलमा पर्दे गएको थियो । तर नुवाकोट जिल्ला फुटबल संघको स्थापना पछि बिस्तारै सुस्ताएको फुटवलले पुर्नजीवन पाउँदै गयो र आज फेरी नुवाकोटमा सर्वाधिक रुचाईने खेलमा फुटवल पर्न थालेको छ । फुटबल खेलको विकासका लागि चालिएका तिनै कदमहरुको उत्कर्षको रुपमा अहिले नुवाकोट गोल्डकप आयोजना हुन गईरहेको र यसको सफल आयोजनाले जिल्लाको समग्र विकासको ढोका समेत ढक्ढक्याउने निश्चित छ ।

नुवाकोट गोल्डकप नुवाकोटकै गौरबको बिषय बनेको छ । यसले खेलाडीहरुको शारीरिक विकास र सहभागि कल्वहरुको लोकप्रियतालाई मात्र सार्थक वनाउँदैन नुवाकोटलाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा समेत परिचित गराउँछ । सूचना र प्रबिधिको यो जमानामा जिल्लालाई खेलको माध्यमवाट परिचित हुने र यहाँका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय सम्भावनाहरु समेत उजागर गर्ने अवसर प्राप्त हुँदा त्यसको प्रत्यक्ष लाभ जिल्लावासीहरुलाई नै मिल्ने निश्चित छ । यो प्रतियोगिताले जिल्लाभित्र रहेका खेल प्रतिभाहरुको उजागर गर्दे उनीहरुलाई खेलकुद क्षेत्रमा क्रियाशिल रहन प्रेरणा मिल्ने र त्यसवाट स्वस्थ जनशक्ति उत्पादनमा टेवा पुग्ने निश्चित छ भने पछिल्लो समय प्रदेश राजधानीका लागि पहल भईरहेको नुवाकोटको अवस्थाका बारेमा राजनैतिक नेतृत्वको चासो बढाउने बिषयलाई पनि नकार्न सकिँदैन् । प्रतियोगिताको आयोजक जिल्ला खेलकुद बिकास समिति र नुवाकोट जिल्ला फुटबल संघ भएपनि अव यो सबै जिल्लाबासीको प्रतियोगिता बनिसकेको छ र जिल्लाको ईज्जत, प्रतिष्ठा र गरीमा कायम राख्न पनि प्रतियोगिताको सम्पूर्ण सफलता अनिवार्य बनिसकेको छ ।

नुवाकोट गोल्डकप प्रतियोगितामा स्थानीय तहहरुको भूमिका बढी अपेक्षित छ । प्रतियोगिताको संरक्षक बनेर बिदुर नगरपालिकाले तथा बेलकोटगढी नगरपालिकाले पहिलो र तारकेश्वर गाउँपालिकाले दोस्रो पुरस्कार प्रायोजन गरेर आफ्नो अभिभावकत्व प्रदान गरिसकेको सन्दर्भमा अरु सबै गाउँ र नगरपालिकाले पनि आफ्नो स्रोतलाई यसको सफलतासंग पनि जोड्ने ईच्छाशक्ति देखाउन सके भने प्रतियोगिताको सफल आयोजना सम्भव हुन्छ । यसका साथै यो सिंगो जिल्लाकै गौरब संग जोडिएकाले जिल्लाका सरकारी निकाय, राजनैतिक दल, संचार जगत, होटल व्यावसायी, यातायात व्यावसायी, शिक्षण संस्था,उद्योग बाणिज्य क्षेत्र सबैले होस्टेमा हैंसे गर्नसके प्रतियोगिताको सफल आयोजनावाट सबै क्षेत्रले गर्व महसुश गर्ने अवस्था बन्न सक्छ । तसर्थ सबैले गम्भीरतापूर्वक सोचौं ,नुवाकोट गोल्डकप सफल बनाऔं ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top