२०८१, २२ बैशाख शनिबार

धादिङको दुर्घटनामा एकको मृत्यु

    जेष्ठ ३ २०७५ १०:१३

Accident
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

मलेखु, धादिङ/कालुपाण्डे मार्गअन्तर्गत मलेखु—धादिङबेंशी खण्डमा पर्ने नीलकण्ठ नगरपालिका–८, च्याडुमोडमा गएराति ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

मलेखुबाट धादिङबेँसीतर्फ जाँदै गरेको बा ३ ख ६१४३ नं को ट्रक सडकबाट जंगलमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका नीलकण्ठ नगरपालिका–३ निवासी गोकुल उपाध्यायको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा मृत्यु भएको छ । अन्य चार जना घाइतेमध्ये दुईजनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा र दुईजनाको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । (रासस)

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top