sujim advert

झण्डै आधा किलोग्राम सुनसहित दुई भारतीय पक्राउ

    जेष्ठ २, २०७५

sizen education new intake 2025
ananda Jewellery shop

gold jewelry
bidur tax consultancy services in nuwakot

भीमदत्तनगर/कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको टोलीले आज बिहान पश्चिमी नाकामा ४९६ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको हरियाणाका जीतेन्द्र सैनी र सुरेशकुमार रहेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख मदन दाहालले भन्सारको टोलीले सुनसहित भारतीय नागरिक पक्राउ गरेको र ती अभियुक्तलाई भन्सार ऐन–२०६४ अनुसार कारबाही गरिने बताउनुभयो ।

काठमाडौँबाट गड्डाचौकी हुँदै भारतीय नम्बर प्लेटको एच आर १२ एच ०००६ नं को जिपमा भारततर्फ जाँदै गर्दा भन्सार टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियोे ।प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तले सुन काठमाडौँंबाट खरिद गरेर ल्याएको प्रारम्भिक बयान दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । (रासस)

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top