sujim bazar advert

प्राविधिक स्नातक तहको ‘माइक्रो सिलेबस’ तयार

    जेष्ठ १, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

CTEVT Bhaktapur Nepal
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

भक्तपुर/देशभरिका प्राविधिक शिक्षालयमा प्राविधिक तथा व्यावसायिक विषयमा तीनवर्षे प्रविणता प्रमाणपत्र तह (डिप्लोमा) अध्ययन गर्ने विद्यार्थीका लागि ‘सूक्ष्म पाठ्यक्रम’ (माइक्रो सिलेबस) तयार गरिएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गत पाठ्यक्रम महाशाखाको समन्वयमा विभिन्न प्राविधिक विषयका ३०० विज्ञबाट प्राप्त सुझाव संकलन गरी पाठ्यक्रम तयार गरेको फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका केन्द्रीय अध्यक्ष कश्यप पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “माइक्रो सिलेबस तयार गर्न नर्सिङ, सामान्य चिकित्सा, हेल्थ असिस्टेण्ट, प्रयोगशाला, रेडियोग्राफी, कृषि, भेटेरिनरी, सिभिल र इलेक्ट्रिकल इन्जिनियरिङजस्ता विषयका विज्ञहरुको सुझाव संकलन गरिएको हो ।”

सिटिइभिटीलाई हस्तान्तरण गरिएको सो सूक्ष्म पाठ्यक्रम प्राविधिक विद्यार्थीका लागि निकै सहयोगी हुने निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय उपाध्यक्ष राम पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “धेरै पछि नेपालमा शुरु भएको प्राविधिक तथा व्यावसायिक विषय अध्ययन गराउने शिक्षकलाई सूक्ष्म रुपमा बुझ्न र विद्यार्थीलाई बुझाउन माइक्रो सिलेबसले सहयोग गर्छ ।”

सिटिइभिटीका उपाध्यक्ष डा कुलबहादुर बस्नेतले सरकारले चालू शैक्षिक सत्रदेखि प्राविधिक तथा व्यावसायिक शिक्षालाई उच्च प्राथमिकता दिएकाले त्यसलाई सफल पार्नु सबैको दायित्व भएको बताउनुभयो ।

परिषद्का सदस्यसचिव पुष्परमण वाग्लेले गुणस्तरीय प्राविधिक शिक्षाका लागि सूक्ष्म पाठ्यक्रम कोशेढुंगा सावित हुने दाबी गर्नुभयो ।  (रासस)

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top