sujim bazar advert

नुवाकोटको तार्केश्वर खुला दिसामुक्त

    जेष्ठ १, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

ODF Nepal Map
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

नुवाकोट/यहाँको आठौँ स्थानीयतहको रुपमा तार्केश्वर गाउँपालिका सोमबार खुला दिशामुक्त क्षेत्र घोषणा भएको छ ।

गाउँपालिकामा रहेका छवटा सबै वडाका तीन हजार ५११ घरमध्ये करीब ९९ प्रतिशत घरमा पक्की शौचालय निर्माण भएको सरकारी तथ्यांकको आधारमा प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले खुला दिसामुक्त क्षेत्र भएको घोषणा गर्नुभएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले खुला दिसामुक्त क्षेत्र घोषणालाई कार्यान्वयन गरी दिगोरुपमा स्वास्थ्य क्षेत्रमा सुधार गर्न स्वच्छ खानेपानी, बालबालिकालाई पूर्ण खोपको पहुँचमा ल्याउन सुझाव दिनुभयो ।

यस्तै, गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्तीले यसअघि वडा नंं २, ३ र ४ खुला दिसामुक्त क्षेत्र घोषणा भएकोमा बाँकी थप तीन वटा वडासहित सिंगो गाँउपालिकानै घोषणा गर्न सफल भएकाले त्यसलाई कायम राख्न जनताबाट पनि सहयोगको अपेक्षा लिएको बताउनुभयो ।

उहाँले खुला दिसामुक्त क्षेत्र कायम गराउन आवश्यकताको आधारमा सार्वजनिक शौचालयको निर्माण र चरम अभाव रहेको खानेपानीको व्यवस्था सहज बनाउन आसन्न आर्थिक वर्ष योजना तथा कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारादेवी रिमाल, वडाध्यक्ष, महिला समूह, महिला स्वास्थ्य स्वंयसेविका, राजनीतिक दलका प्रतिनिधि, शिक्षक एवं विद्यार्थीको सहभागितामा चेतनामूलक झाँकी तथा -याली प्रस्तुत गरिएको थियो ।

यहाँ रहेका बाह्रमध्ये बाँकी चार स्थानीयतहलाई आगामी जेठ ८ गतेभित्र खुला दिसामुक्त क्षेत्र घोषणा गरी सिंगो जिल्लालाई नै घोषणा गर्ने लक्ष्य छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top