२०८१, १३ बैशाख बिहीबार

पासाङल्हामु राजमार्ग पुनःसञ्चालित

    बैशाख ३१ २०७५ २२:११

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

रसुवा/सुख्खा पहिराका कारण अवरुद्ध पासाङल्हामु राजमार्गको स्याफ्रुबेँसी क्षेत्र केहीबेर अगाडिदेखि पूर्ण रुपमा पुनःसञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षत्रीका अनुसार नेपाल–चीनबीचको व्यापार, व्यवसाय अभिवृद्धि गराउने स्याफ्रु–टिमुरेबीचको केरुङ अन्तर्राष्ट्रिय मार्ग २४ घण्टापछि चलेको छ । स्याफ्रुबेँसीका गाउँपालिका र स्वास्थ्यचौकी भवन नजीक करीब ३० मिटर सडकमा गएको सुख्खा पहिरो हटाई आज साँझदेखि यातायातका साधन सञ्चालनमा ल्याइएको छ । लाङटाङ हाइड्रोपावर कम्पनीले राजमार्गभन्दा केही भाग तल आफ्नो आयोजनामा जाने सहायक मार्ग निर्माणका क्रममा राजमार्गको जग खोतलेका कारण सडकमा क्षति पुगेको प्रहरी प्रमुख थापा क्षत्रीले बताउनुभयो ।

कम्पनीका सहआयोजना प्रमुख नारायण सुवेदीले आफ्नो बाँधस्थल जाने सडक र भोटेकोशीमा पक्की पुल निर्माण गर्दै गरेको अवस्थामा पहिरो गएकाले कम्पनी आफैँले दीर्घकालीन रुपमा व्यवस्थापन गर्ने राससलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top